काठमाडौं– भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणामा क्वात्रा काठमाडौं आउन लागेका हुन् ।
भारतका लागि नेपालका पूर्वराजदूतसमेत रहेका क्वात्राले नेपाल बसाइको क्रममा प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री प्रचण्डले गर्ने भारत भ्रमणको पूर्व तयारीबारे पनि उनले छलफल गर्ने स्रोतले बतायो ।
भारतीय विदेश सचिव क्वात्रा काठमाडौं आउन लागेकाले आज सार्वजनिक विदाको दिन पनि परराष्ट्र मन्त्रालय खुल्लै छ । स्रोतका अनुसार मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने निर्णय गर्दा परराष्ट्रमन्त्री विमला राई पौड्यालले विरोध जनाएकी थिइन् । उनले आफ्ना कयौ कामहरु भएकाले मन्त्रालयमा जाने र काम गर्ने बताएकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।