आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

एक वर्षअघि गठबन्धन जोगाउन नसकेका ओली किन सरकार ढाल्ने धम्की दिँदैछन् ?

एक वर्षअघि गठबन्धन जोगाउन नसकेका ओली किन सरकार ढाल्ने धम्की दिँदैछन् ?

  • मिडिया डबली
  • आइतवार, माघ ७ २०८०

  • 1.7K
    SHARES

  • एक वर्षअघि गठबन्धन जोगाउन नसकेका ओली किन सरकार ढाल्ने धम्की दिँदैछन् ?

    काठमाडौं - सत्ताबाट बाहिरिएको १० महिनामा प्रमुख प्रतिपक्षी दल एमाले खुलेरै सरकार बदल्ने दौडमा अघि बढेको छ । सरकारको कार्यसम्पादन कमजोर भएको र गठबन्धन तोड्नु आवश्यक भएको ओलीको तर्क छ ।

    तर आन्दोलनको एजेन्डाबारे भने एमाले प्रस्ट छैन । भन्नलाई एमालेले सरकारले कामै गर्न नसकेको भन्दै छ । सत्ता गठबन्धनसँग देशका लागि काम गर्ने भिजन नै नभएको अध्यक्ष ओलीको पुरानै कथन हो । तर प्रतिपक्षमा रहँदा गठबन्धन भत्काउन कुनै चलखेल नगर्ने बताउने गरेका ओली र उनको पार्टी अहिले आएर गठबन्धन कमजोर बनाउन किन उद्यत छ ? स्पष्ट छैन ।

    गठबन्धनसँग एमाले रुष्ट हुनुको ताजा कारण भने राष्ट्रिय सभामा एमाले रित्तो हात हुने अवस्था हो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमै पास गर्ने विषयलाई राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सिट बाँडफाँटका लागि सर्त बनाउन खोजेको एमालेले त्यसमा सफलता पाएन । त्यसबाहेक निकै ठूलो चलाखीका साथ चुनावी गठबन्धन भत्काएर प्रचण्ड नेतृत्वको सरकार बनाएर फेरि दुई महिनामै त्यसबाट बाहिरिनुपरेको चोट एमालेका लागि दुखिरहने घाउ बनेको छ ।

    अहिले त्यही घाउ बल्झिएको एमालेजन बताउँछन् । हालै सम्पन्न मध्य पहाडी लोकमार्गको यात्रामा कार्यकर्ताबाहेक आमनागरिकको चासो पार्टीप्रति नदेखिनुले पार्टीमा नयाँ हतासा देखिएको हो । त्यसकारण पनि ८४ को चुनाव कुर्न नसकिने अभिव्यक्ति आएको हुन सक्ने विश्लेषकको टिप्पणी छ ।

    सत्ता गठबन्धनभित्रका जसपा, एकीकृत समाजवादी र जनमत पार्टीको असन्तुष्टिलाई एमालेले नयाँ अवसरका रूपमा देखेको छ । राप्रपाको आन्दोलन, अर्को विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीको दबाब यात्राजस्ता कार्यक्रमकै बीच आन्दोलन गर्दा सरकारलाई गलाउन सकिने उसको बुझाइ छ । यसका लागि उसले पहिले प्रदेश तहमा जनसभा गर्ने तयारी गर्दै छ ।

    गठबन्धनमा फाटो ल्याएर सत्तारोहण गर्न नसके २०८४ को चुनावमा आफ्नो अस्तित्व नै जोखिममा पर्ने चिन्ताले एमालेलाई राम्रैसँग सताएको देखिएको छ । आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । फागुन २० गते रिक्त हुन लागेको २० मध्ये १९ सिटमा सातै प्रदेशमा निर्वाचन हुँदैछ । एक सिट सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।

    सत्ता गठबन्धन मिलेर १९ सिटमा चुनावमा होमिँदैछन् । प्रमुख प्रतिपक्षी दल एमालेले १९ सिटमै उम्मेदवार उठाएको छ । यदि भोट क्रस भएन भने १९ सिट नै सत्तारुढ गठबन्धनले जित्ने निश्चित छ । एमालेको पक्षमा शून्य नतिजा हात पर्नेछ ।

    सात प्रदेशमध्ये कोशीमा एमाले अलि बलियो छ । त्यहाँ अलिअलि भोट क्रस गराउन सके दुई सिट जित्न सकिने एमालेको विश्वास छ । त्यही भएर अहिले उसले सत्तारुढ गठबन्धनविरुद्ध सडक आन्दोलनको धम्की दिन थालेको छ । वर्तमान सरकारलाई च्यूत गर्न भन्दै एमाले अध्यक्ष केपी ओलीले आन्दोलनका लागि तयार रहन निर्देशन दिइसकेका छन् ।

    आगामी माघ मसान्तबाट आन्दोलन सुरु गर्ने एमालेको तयारी छ । खासगरी माओवादी जनप्रतिनिधिलाई फकाएर, तर्साएर, प्रलोभन देखाएर आफ्नो पक्षमा तान्न एमालेले आन्दोलनको धम्की दिएको बताइन्छ । अहिलेको गठबन्धन टुटेमा एमालेसँग नयाँ समीकरण बन्ने भन्दै एमालेले प्रचार सुरु गरिसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend