आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

राष्ट्रिय सभा निर्वाचनमा ओलीको ढोक्सा रित्तै हुने, प्रचण्डले गुमाए विश्वास

राष्ट्रिय सभा निर्वाचनमा ओलीको ढोक्सा रित्तै हुने, प्रचण्डले गुमाए विश्वास

  • मिडिया डबली
  • सोमवार, पौष २३ २०८०

  • 3.8K
    SHARES

  • राष्ट्रिय सभा निर्वाचनमा ओलीको ढोक्सा रित्तै हुने, प्रचण्डले गुमाए विश्वास

    काठमाडौं - आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार उम्मेदवार मनोनयन दर्ता हुँदैछ । सातवटै प्रदेशका राजधानीमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुनेछ ।

    राष्ट्रिय सभाको १९ सिटका लागि हुने निर्वाचनमा सबै दलले आ–आफ्नो पार्टीका उम्मेदवार टुंगो लगाइसकेका छन् । प्रमुख प्रतिपक्ष एमालेले ्१९ वटै सिटमा उम्मेदवारी दिने भएको छ ।

    चार पाँच दिनअघिसम्म एमाले पनि सत्ता गठबन्धनसँग मिलेर चुनावमा जाने तयारीमा थियो । एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सभामा एमालेलाई शून्य नबनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गरेका थिए ।

    त्यसपछि प्रचण्ड पनि निकै भावुक बनेर तीन सिटसम्म दिनसकिने गरी सहमत भएका थिए । उनले सत्ता गठबन्धनमा औपचारिक प्रस्ताव पनि राखेका थिए । तर माधवकुमार नेपालले ओली र प्रचण्डको खेल सबै बिगारिदिए ।

    कांग्रेस र एकीकृत समाजवादीको साइज घटाउने गरी प्रचण्ड र ओलीबीच गोप्य सहमति भएको थियो । अहिले राष्ट्रिय सभाको निर्वाचनमा मिलेर जान पाए चाँडै सरकारमा पनि सहभागी हुन सकिने भन्दै ओलीले ढोक्सा थापेका थिए ।

    तर सत्ता गठबन्धनले १९ वटै सिटमा कसिलो गरी भागबन्डा गरेपछि एमाले चुनावमा रित्तै हुने भएको हो । गठबन्धनमा विभाजन ल्याउने प्रचण्डको चाहनाल पनि मूर्त रूप पाएन ।

    शुक्रवार बसेको एमालेको सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो । त्यसैअनुरूप एमालेले रिक्त रहेका सबै सिटमा उम्मेदवारी दिँदै छ । गठबन्धनमा प्रमुख प्रतिपक्ष दलसँग एमालेले भाग खोज्नु आफैमा उचित थिएन ।

    कतिपयले एमालेको यो मागलाई टिआरसी विधेयक, संसद सञ्चालनसँग सम्झौता गर्न खोजेको आरोप पनि लगाएका थिए । प्रचण्ड पनि सहज संसद् सञ्चालन, सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन र लोकतन्त्रको रक्षा गर्न पनि एमालेसँग मिल्न सकारात्मक थिए ।

    तर गठबन्धनका अन्य दलकै अडानका कारण उनी सफल भएनन् । अन्ततः ओलीले थापेको ढोक्सा र प्रचण्डले बनाएको रणनीति एकैपटक तुहिएको छ । लामो समयदेखि भागबण्डामा अल्झिएको सत्ता गठबन्धनको रडाको पनि शान्त भएको छ ।

    राष्ट्रिय सभाको १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादीले ६ एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीले एक सिट पाएका छन् ।

    राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिबाट मनोनीत हुनेमा एक सांसद पाउने भएको छ । यो चुनावले गठबन्धन अझ कसिलो बन्ने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend