बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेस, एमाले, माओवादी सुध्रिने होइन, सकिने बाटोमा

कांग्रेस, एमाले, माओवादी सुध्रिने होइन, सकिने बाटोमा

  • मिडिया डबली
  • बिहिवार, पौष १९ २०८०

  • 2.6K
    SHARES

  • कांग्रेस, एमाले, माओवादी सुध्रिने होइन, सकिने बाटोमा

    काठमाडौं - नेपाली कांग्रेस, एमाले र माओवादीले पटक्कै सुध्रिने छाँटकाँट देखाएका छैनन् ।

    आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा भागबन्डा गरेर जान छलफल चलाएपछि तीनवटै दलले बरु सकिने, सुध्रिन नचाहेको देखिएको छ । राष्ट्रिय सभाको २० मध्ये १९ सिटमा निर्वाचन हुँदैछ ।

    अहिलेको सत्ता गठबन्धन मिलेर चुनावमा भाग लिए १९ सिट नै जित्नेछन् । एक सिट राष्ट्रपतिले मनोनीत गर्ने भएकाले २० सिटमै एमाले शून्य हुने छ ।

    तर एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय सभामा आफ्नो दललाई शून्य नबनाउन आग्रह गरेपछि अहिले सत्ता गठबन्धनमा छलफल सुरु भएको छ ।

    एमाले प्रतिपक्षी दल हो । तर उसले गठबन्धनसँगै मिलेर जाने प्रस्ताव राख्नुले एमाले पनि सत्ता गठबन्धनमा आबद्ध हुने देखिएको छ । यसले आगामी दिनमा एमालेको प्रतिपक्षीको हैसियतसमेत सकिने देखिएको छ ।

    सामान्यतः प्रतिपक्षी दलले चुनावमा सत्ता गठबन्धनसँग भागबन्डा खोज्दैन । तर एमालेले संसदमा रहेको टीआरसी विधेयकमा सहयोग गर्न नसक्ने देखाएर प्रधानमन्त्री प्रचण्डसँग ब्ल्याकमेल गर्न खोजेको छ ।

    साथै, एनसेल र टेरामेक्स प्रकरणमा फसाउने एमालेको चेतावनीपछि राष्ट्रिय सभामा उसलाई पनि भाग दिन प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा लचक बनेको बुझिएको छ ।

    एमालेले अख्तियार प्रमुख प्रेम राई देखाएर कांग्रेसका मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्कीलाई भ्रष्टाचार मुद्दा लगाउने संकेत गरेको छ ।

    त्यसैले देउवा पनि प्रचण्डको प्रस्तावमा सहमत बनेको बुझिन्छ । मन्त्रिपरिषद् हेरफेरमा प्रचण्ड र देउवाबीच मतभेद छ । आफ्नो सरकारले सोचेअनुसार काम गर्न नसकेकामा प्रधानमन्त्री प्रचण्ड नै असन्तुष्ट छन् ।

    कांग्रेस मन्त्रीका कारण आफ्नो सरकारको कार्यसम्पादन फितलो हुने अवस्था आए उनी अर्को गठबन्धनका लागि विकल्प तयार गर्न चाहन्छन् ।

    त्यसका लागि उनले ओलीसँग दूरी घटाउँदै लगेका छन् । त्यही भएर अहिले प्रचण्ड ओलीलाई राष्ट्रिय सभामा सिट भागबन्डा दिन आत्तुर रहेको बुझिएको छ ।

    यदि प्रचण्ड, देउवा र ओली एउटै गठबन्धनमा आए यी तीनजनाको राजनीति सकिन २०८४ कुर्नै पर्दैन, २०८१ मै सकिनेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend