काठमाडौं - सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई अर्को धक्का दिएको छ ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई तत्काल निलम्बन गर्न भन्दै उनको पक्षमा अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको इजलासले बसैलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
मन्त्रिपरिषद बैठकले असोज २४ गते निलम्बन गरेको थियो ।
बसौलाको निलम्बनसँगै सञ्चालक समितिका पाँच सदस्यले समेत राजीनामा दिएका थिए ।
स्वास्थ्यमन्त्री बस्नेतले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै असोज ४ मा बसौलालाई तीन महिनाका लागि निलम्बन गरेका थिए ।
प्रमाण नष्ट गर्न सक्ने र बोर्डलाई हानिनोक्सानी गर्न सक्ने भएकाले निलम्बन गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव कृष्ण थापाले बसौलालाई पठाएको पत्रमा उल्लेख थियो। यसअघि सर्वोच्चले वीर अस्पतालका कार्यकारी निर्देशक डा.सन्तोष पौडेललाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।
मन्त्री बस्नेतले पौडेललाई हटाएर कान्तिमा काममा पठाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।