काठमाडौं- नेपाली कांग्रेस खेलकुद विभागले आयोजना गरेको साताव्यापी राष्ट्रिय रक्तदान कार्यक्रममा सिन्धुपाल्चोकमा १ सय ३३ जनाले रक्तदान गरेका छन् । सिन्धुपाल्चोक नेपाली कांग्रेसका युवा नेता एवं पूर्वसञ्चारमन्त्री मोहन बहादुर बस्नेतको गृह जिल्ला हो ।
खेलकुद विभाग प्रमुख पूर्व सञ्चारमन्त्री एवं केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्य एवं खेलकुद विभागका सदस्य तपेन्द्र बहादुर दर्नालको संयोजकत्वमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
रक्तदान कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं १ का क्षेत्रीय सभापती बालकृष्ण बस्नेत लगायत पार्टीका अग्रज नेता गण, भातृ शुभेच्छुक संस्थाका पदाधिकारी लगायत थुप्रै नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको उक्त रक्तदान कार्यक्रममा १३३ जनाले रक्तदान गरेका हुन् । जसमा १३ जना महिला र १२० जना पुरुष रहेका छन् । रक्तदान कार्यक्रम नेपालकी चर्चित मोडेल अनुशा रिजालले रगत दिएर सुरुवात गरिएको थियो ।
उक्त रक्तदान कार्यक्रममा नेता बस्नेतले सम्बोधन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले, 'जनस्वास्थ्यको सवालमा सरकार उदासिन बन्दै गर्दा नेपाली काङ्ग्रेस राष्ट्रको जिम्मेवार पार्टी भएकोले जनताप्रति ऐतिहासिक भुमिका र जिम्मेवारी कायम गर्दै कम्तिमा पनि बिरामीहरुलाई रगतको आपूर्तिमा सम्भव भए सम्म सहयोग पुर्याउने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको' कुरा स्पष्ट पारेका छन् । ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।