काठमाडौं – ४५ औं बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको समन्वय एवं नेपाली कांग्रेस गोरखाको सहयोगमा रक्तदान कार्यक्रम गरिएको छ ।
‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित देशमा भइरहेको रगत अभावलाई मध्यनजर गरी नेपाली कांग्रेस खेलकुद विभागले आयोजना गरेको रक्तदान कार्यक्रम अन्तर्गत बिहीबार गोरखा नगरपालिका–६ हरमटारीमा पूर्व सूचना तथा सञ्चारमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टी खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस पार्टीका थुप्रै नेता कार्यकर्ता, भातृ शुभेच्छुक संस्थाका नेता कार्यकर्ता, तरुण युवाहरू लगायत सयौंको संख्यामा आम सर्वसाधारण दाजुभाइ दिदीबहिनीको उपस्थितिमा भव्यताका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ५३ जना तरुण युवा लगायत दिदीबहिनी दाजुभाइले रक्तदान गरेका छन् । कार्यक्रममा पूर्व मन्त्री बस्नेतको तर्फबाट १ हजार थान के एन नाइन्टी फाइभ मास्क हस्तान्तरण गरिएको थियो भने कार्यक्रम पश्चात् पत्रकार महासंघ गोरखाको आयोजनामा पत्रकार सम्मेलन अयोजना गरिएको थियो ।
विभागले हालसम्म सम्पन्न भएका रक्तदान कार्यक्रमका सम्पूर्ण रक्तदाता र प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्नुको साथै रक्तदान कार्यक्रमहरू देशका विभिन्न जिल्लामा स्वास्थ्य मापदण्डसहित चल्ने भएकाले दिदीबहिनी दाजुभाइ तथा तरुण युवाहरूलाई रक्तदानको लागि अपिल गरेको छ ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।