काठमाडौं - नेपाली कांग्रेसको खेलकुदसँंग आवद्ध संस्था लोकतान्त्रिक खेलकुद संघको घोषणा सभा २०७७ माघ २१ गते पोखराको चिप्लेढुङ्गामा भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिको प्राङ्गणमा पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघले देशका विभिन्न प्रदेश तथा केन्द्रियस्तरमा खेलका विविध विधामा दख्खल प्राप्त खेलप्रेमी व्यक्तिहरुलाई विभिन्न पदमा मनोनित गरेको हो।
पुर्व मन्त्री बस्नेतको प्रमुख आतिथ्यता रहेको उक्त सभाको सभापतित्व लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनले गरेको थिए । सो कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागका सचीव मिनकृष्ण महर्जनलगायत माननीय तथा पुर्व माननीयहरु, कास्की जिल्ला तथा क्षेत्रीय सभापतीहरु, पार्टीका अग्रज नेतागण तथा भातृ शुभेच्छुक संस्थाका पदाधिकारी आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व मन्त्री बस्नेतले खेलकुद संघका मनोनीतलगायत सिङ्गो टिमलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुको साथै आगामी दिनहरुमा नेपाली काङ्ग्रेस खेलकुद विभागले लोकतान्त्रिक खेलकुद संघसँग सहकार्य गर्दै अगाडी बढ्ने कुरा व्यक्त गरे।
उक्त कार्यक्रममा पुर्वमन्त्री बस्नेतले नेपाली काङ्ग्रेस खेलकुद विभागले गरिरहेका कार्यको बारेमा प्रकाश पार्नुको साथै आगामी दिनहरुमा लोकतान्त्रिक खेलकुद संघसंग पनि सहकार्य गरि विविध कार्यक्रमहरु गरिने जानकारी दिएका छन्।
बिभाग प्रमुख बस्नेतले कम्युनिस्टहरुको भागबन्डाको कारण मुलुक गम्भीर मोडमा गुज्रेको, संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेको बताए । अब लोकतान्त्र बचाउनको निमित्त कांग्रेसले जिम्मेवारी पुर्ण भुमिका निभाउनु पर्ने उनले सो कार्यक्रममा जानकारी दिएका थिए ।
नेपाली कांग्रेस संबैधानिक सर्बोच्चतामा बिश्वास गर्ने पार्टी भएकोले अब सर्बोच्च अदालतले जे निर्णय गर्छ त्यसलाई कांग्रेसले स्विकार्ने उनले बताए ।
देशमा घटेका विभिन्न घटनाहरुमा अनुसन्धान गर्दै जाँदा भ्रष्टाचार अर्थात् अन्य विभिन्न अपराधीक कृयाकलापमा कम्युनिस्टहरु नै धेरै नै अगाडि देखिएका छन् ।
अब उप्रान्त पनि यो मुलुकमा कम्युनिष्टहरुले सरकार चलाई रहने हो भने मुलुकलाई कंगाल बनाउने निश्चित छ । तसर्थ कांग्रेस अझ जिम्मेवारीका साथ अगाडि बढ्नुपर्ने बस्नेतले जानकारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।