सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पहिरोले टुहुरी बनेकी गोलेलाई कांग्रेस नेताले गरिदिए काठमाडौँको प्रसिद्द कलेजमा भर्ना

पहिरोले टुहुरी बनेकी गोलेलाई कांग्रेस नेताले गरिदिए काठमाडौँको प्रसिद्द कलेजमा भर्ना

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०७७

  • 8.4K
    SHARES

  • पहिरोले टुहुरी बनेकी गोलेलाई कांग्रेस नेताले गरिदिए काठमाडौँको प्रसिद्द कलेजमा भर्ना

    काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्त्रुपाल्चोकको पहिरोमा परिवार गुमाएकी छिरिङ गोलेलाई काठमाडौंको प्रशिद्ध कलेजमा भर्ना गरिदिएका छन् ।

    छिरिङ गोले गत असार २५ गते सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ५ जम्बुको बाढी पहिरोमा परिवार गुमाएकी थिइन् । परिवारका पाँचै सदस्य गुमाएर टुहुरी बनेकी  गोलेलाई कांग्रेस नेता बस्नेतले स्नातक सम्म पढाउने भएका छन् ।

    सोही अनुसार गोलेलाई नेता बस्नेतले काठमाडौंको सीसीआरसी नामक प्रख्यात कलेजमा विज्ञान संकाय अध्ययनका लागि कक्षा ११ मा भर्ना गरेका छन् ।

    नेता बस्नेतले उनको १ वर्षको शुल्कसमेत बुझाइसकेका छन् । भुक्तानी रसिद पाउँदै नेता बस्नेतले छिरिङ गोलेको उज्जवल भविष्यको कामना गरेका छन् ।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २२ २०७७०६:०४:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend