सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

संसद विघटनको विरोध गर्दै नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश, पूर्वमन्त्री बस्नेतले गरे स्वागत

संसद विघटनको विरोध गर्दै नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश, पूर्वमन्त्री बस्नेतले गरे स्वागत

  • मिडिया डबली
  • सोमवार, पौष ६ २०७७

  • 12.6K
    SHARES

  • संसद विघटनको विरोध गर्दै नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश, पूर्वमन्त्री बस्नेतले गरे स्वागत

    काठमाडौं – ‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित देशमा भइरहेको रगत अभावलाई मध्यनजर गरी नेपाली कांग्रेस खेलकुद विभागले आयोजना गरेको रक्तदान कार्यक्रम सोमबार सप्तरीको शम्भुनाथ नगरपालिकामा सम्पन्न भएको छ ।

    पूर्व सूचना तथा सञ्चार मन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पार्टी खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस सप्तरी जिल्ला सभापति दिनेशकुमार यादवको विशेष आतिथ्यता एवं नेपाली कांग्रेसका सांसद तथा थुप्रै नेता कार्यकर्ता, भातृ शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरू लगायत सयौंको संख्यामा आमसर्वसाधारण दाजुभाइदिदीबहिनीको उपस्थितिमा रक्तदान तथा नेता कार्यकर्ता भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

    कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाताप्रति खेलकुद विभागले आभार समेत प्रकट गरेको छ ।

    कार्यक्रममा सयौंको संख्यामा नेकपा लगायत अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई सप्तरी जिल्लाका कांग्रेस सभापति दिनेश यादव र पूर्वमन्त्री बस्नेतले संयुक्त रूपमा टीका र खादा लगाई नेपाली कांग्रेसमा प्रवेश गराएका थिए ।

    कार्यक्रममा नेकपा सरकारले गरेको संसद विघटनको विरोधमा १ हजारभन्दा धेरैको उपस्थितिसहित विरोध कार्यक्रम समेत भएको थियो ।

    132204271_838216270309865_6862460664698647101_n.jpg

    रक्तदान तथा नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाज्यूले देशमा रगत अभाव हुँदै गर्दाको अवस्थामा देशमा भयावह अवस्था आउँछ, यसलाई नेपाली कांग्रेसले ख्याल गर्नुपर्छ भनी शेरबहादुर देउवाज्यूको सल्लाह बमोजिम विभागले रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।’

    सम्बोधन गर्ने क्रममा उनले भने, ‘कमाउनका लागि कम्युनिस्टहरू लाइन लागेर बसेका छन्, अवसर पाउन लाइन लागेका छन् । कम्युनिस्टहरूलाई भने जस्तो भएन भने काटमार गर्छन् । हामीले दिएको रगत ती कम्युनिस्टका नेता कार्यकर्ताहरूलाई पनि काम लाग्छ । नेपाली कांग्रेस मानवताको भावले ओतप्रोत पार्टी भएकाले जनताप्रति मानवीय जिम्मेवारी कायम गर्दै  बिरामीहरूलाई रगतको आपूर्तिमा सम्भव भएसम्म सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको हो ।’

    132412220_395449978433770_3097315969695979099_n.jpg

    विभागले हालसम्म सम्पन्न भएका रक्तदान कार्यक्रमका सम्पूर्ण रक्तदाता र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै रक्तदान कार्यक्रमहरू देशका विभिन्न जिल्लामा स्वास्थ्य मापदण्डसहित चल्ने भएकाले दिदीबहिनी दाजुभाइ तथा तरुण युवालाई रक्तदानको लागि अपिल समेत गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend