आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

एमालेले भन्ने पदयात्रा, चढ्ने हेलिकोप्टर

एमालेले भन्ने पदयात्रा, चढ्ने हेलिकोप्टर

  • मिडिया डबली
  • आइतवार, पौष १ २०८०

  • 2.6K
    SHARES

  • एमालेले भन्ने पदयात्रा, चढ्ने हेलिकोप्टर

    काठमाडौं - एमालेको संकल्प यात्रा पाँचथरको चिवा भञ्ज्याङमा पुगेर सम्पन्न भएको छ ।

    आइतबार फिदिमबाट हेलिकोप्टरमा चिवा भञ्ज्याङ पुगेका पार्टी अध्यक्ष केपी ओलीले भारतसँग सीमा जोडिएको चिवामा नेपालको राष्ट्रिय झण्डा फहराएसँगै यात्रा टुंगिएको हो ।

    एमालेले ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नारा दिएर मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्गको यात्रा थालेको थियो ।

    मध्यपहाडी क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत सम्भावना बुझ्न थालिएको संकल्प यात्रामा ओलीसहित पार्टीका शीर्ष नेताहरु सहभागी भएका छन् ।

    यात्राका क्रममा एमाले नेताहरुले धेरै समय गाडीको प्रयोग गरेका थिए । पदयात्राको अन्तिम दिन फिदिमबाट चिवा भञ्ज्याङ जान एमाले टोलीले काठमाडौँबाट सैनिक हेलिकोप्टर मगाएको थियो ।

    एमालेका अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित काठमाडौँ फर्केका छन् ।

    नेपाली सेनाको एनए ०५४ एएलएच हेलिकप्टरमा ओली पत्नी शाक्यसहित आइतबार दिउँसो पौने ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

    ओलीसहित एमाले नेताहरुको टोलीलाई फिदिमबाट चिवा पुर्याउन सैनिक हेलिकोप्टर त्यता गएको थियो ।

    एमाले टोलीलाई चिवा पुर्याएर पुनः फिदिम हुँदै विराटनगरमा इन्धन भरेर हेलिकोप्टर काठमाडौँ फर्किएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend