काठमाडौं - राष्ट्रिय सभाको अध्यक्षमा अहिले एमालेका गणेशप्रसाद तिमिल्सिना छन् ।
तिमिल्सिनाको पदावधि फागुन २० मा सकिँदैछ । त्यसैले अब राष्ट्रिय सभाको अध्यक्ष को बन्ने भन्ने चर्चा सुरु भएको छ ।
तिमिल्सिना अध्यक्ष रहँदासम्म संवैधानिक परिषदमा एमालेको बहुमत छ ।
त्यसकारण लामो समयदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक छल्दै आएका छन् ।
परिषदमा विपक्षी दलको नेता ओली र सभामुख देवराज घिमिरे एक ठाउँमा छन् ।
उपसभामुख इन्दिरा राना पनि ओलीकै गृहजिल्ला झापाकी हुन् । राना रास्वपाबाट उपसभामुख बनेकी हुन् ।
यदि राष्ट्रिय सभाको अध्यक्षमा सत्तारुढ गठबन्धनका नेता बनेमा प्रचण्ड बहुमतमा हुनेछन् ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तठस्थ छन् । संवैधानिक परिषद्ले निर्वाचन आयोग, समावेशी आयोग, महालेखा परीक्षकलगायतका पदमा नियुक्ति गर्नुपर्नेछ ।
ती पद लामो समयदेखि रिक्त छन् । राष्ट्रियसभाको अध्यक्षमा एकीकृत समाजवादीले दाबी गर्दै आएको छ । तर सत्तारुढ गठबन्धनमा सहमति भइसकेको छैन ।
नेपाली कांग्रेसले अध्यक्षमा दाबी गरेको छ । सभामुख र प्रधानमन्त्री नभएकाले कांग्रेसको दाबी बलियो छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले अबको राष्ट्रियसभाको चुनावमा कतिवटा सिट पाउँछ र को आउँछ ? भन्नेले पनि अबको अध्यक्षको अनुमान गर्न सकिने पनि बताइन्छ ।
एकीकृत समाजवादीमा सिनियर नेता वेदुराम भुसाल मानिन्छन् । सो पार्टीले पाएमा माधव नेपाल वेदुरामलाई बनाउँछन् । उनी अहिले कृषि मन्त्री छन् ।
कृषि क्षेत्रमा कुनै उल्लेखनीय काम गर्न नसकेका भुसाल अब कृषिमन्त्रीबाट फिर्ता भएर राष्ट्रियसभाको अध्यक्ष हुने चर्चा एकीकृत समाजवादीमा हुन थालेको छ ।
उनलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने हो भने दोहोरो सुविधा र अवसर भनेर प्रश्न उठ्ने सम्भावना छ ।
भुसाल महासचिव घनश्याम भुसाललाई छोडेर कृषिमन्त्री हुन गएका थिए ।
राष्ट्रिय सभाको निर्वाचनमा एकीकृत समाजवादीले तीन सिट पाउने सहमति छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।