काठमाडौं - जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसांसद हरिनारायण रौनियार एमाले प्रवेश गरेका छन् ।
उनी पप्पु कन्स्ट्रक्सनका मालिक हुन् । मंगलबार पर्साको पोखरियामा आयोजित आमसभामा एमाले अध्यक्ष केपी ओलीले पप्पुलाई फूलमाला र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवीलगायत विभिन्न पार्टीका सयौं नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।
२०७४ को निर्वाचनमा पर्सा–३ बाट एमालेका राजकुमार गुप्तालाई हराएर रौनियार निर्वाचित भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।