आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
आजको बिशेष

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

  • मिडिया डबली
  • आइतवार, मंसिर ३ २०८०

  • 2.4K
    SHARES

  • व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

    काठमाडौं - हिजो पञ्चायती शासन व्यवस्था ढाल्न र निरंकुश राजतन्त्र फाल्न आन्दोलनमा होमिएको एमाले अहिले एउटा व्यक्तिसँग डराएको छ ।

    प्रमुख प्रतिपक्षी दल एमाले विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईले मंसिर ७ गते काठमाडौंमा गर्न लागेको जनप्रदर्शनबाट निकै भयभित देखिएको छ ।

    हिजो एमालेले नै हुर्काइबढाइ गरेको प्रसाईसँग ऊ आज आफैं आत्तिनुलाई राम्रो मानिएको छैन । हिजोसम्म महेश बस्नेतको समूह मात्र प्रसाईविरुद्ध खनिएकोमा एमाले अध्यक्ष केपी ओलीदेखि मझौला स्तरका एमाले नेताहरूसमेत अहिले प्रसाईको खेदो खनिरहेका छन् ।

    पार्टी अध्यक्ष त्यसमाथि पूर्वप्रधानमन्त्रीसमेत भएका ओलीले प्रसाईको जनप्रदर्शनले काठमाडौंमा फोहोरबाहेक अरु केही उपलब्धि हासिल नगर्ने भनेर तुच्छ टिप्पणी गरे पनि सरकारलाई उसले दिएको दबाबले एमाले कति भयभित रहेको छ भन्ने स्पष्ट हुन्छ । मंसिर ७ गते नै एमाले भ्रातृसंगठन राष्ट्रिय युवा संघले पनि जनप्रदर्शन गर्न लागेको छ ।

    प्रसाईकै कार्यक्रमलाई लक्षित गरेर युवा संघले भिड्ने उद्देश्यले नै काठमाडौंमा सो दिन कार्यक्रम तय गरेको हो । जसकारण मंसिर ७ गते के हुन्छ भन्ने चासो बढेको छ ।

    एमालेले सरकारलाई प्रसाईको कार्यक्रम निस्तेज पार्न सुरक्षा व्यवस्था कडा बनाउन दबाब दिएको छ । त्यसकै लागि गृह मन्त्रालयमा शनिबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो ।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृह सचिव दिनेश भट्टराई, रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथी सीताराम खड्का, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायतको उपस्थिति रहेको बताइन्छ ।

    बैठकले उपत्यकाका सम्पूर्ण पार्टी प्यालेसमा खानतलासी र बाहिरी जिल्लाबाट आएका मान्छे नराख्न प्रहरीलाई निर्देशन दिएको थियो । जसकारण शनिबारदेखि नै पार्टी प्यालेसमा कडाई गरिएको छ ।

    प्रसाईले ५० हजार मान्छे काठमाडौं उतार्ने घोषणा गरेपछि एमाले आत्तिएको छ । प्रसाईले सबैभन्दा धेरै मान्छे झापाबाटै ल्याउने बताइसकेका छन् ।

    झापा केपी ओलीको गृहजिल्ला पनि हो । अर्को निर्वाचनमा ओलीलाई झापाबाट हराउने प्रसाईले उदघोष गरेका छन् । सोही कारण पनि एमाले प्रसाईसँग डराएको देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend