काठमाडौं - एमाले केन्द्रीय सचिवालयको बैठक पार्टी कार्यालय च्यासल ललितपुरमा सुरू भएको छ। जाजरकोट भूकम्पपछिको राहत वितरण र पीडितको व्यवस्थापनलगायतका विषयमा छलफल गर्न २५औं केन्द्रीय सचिवालय बैठक बोलाइएको हो ।
एमालेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव रहने व्यवस्था छ ।
एमाले अध्यक्ष केपी ओलीले प्रदेश अधिवेशनपछि स्थानीय तहका अधिवेशनबारे भइरहेका काम र गर्नुपर्ने निर्णयबारे छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाएका हुन् ।
यस्तै, एमालेले मध्यपहाडी राजमार्गमा आयोजना गर्न लागेको जनसंवाद अभियानका विषयमा पनि छलफल हुने नेताहरुको भनाइ छ ।
बैठकमा एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत सहभागी भएका छन् । बैठक सुरु हुनुुअघि ओली, पोखरेल र ज्ञवालीको मुस्कानलाई लिएर अहिले सामाजिक सञ्जाल तातेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।