आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ओलीले अझै २० वर्ष राजनीति गर्छु भनेपछि एमालेमा सन्नाटा

ओलीले अझै २० वर्ष राजनीति गर्छु भनेपछि एमालेमा सन्नाटा

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १४ २०८०

  • 5.8K
    SHARES

  • ओलीले अझै २० वर्ष राजनीति गर्छु भनेपछि एमालेमा सन्नाटा

    काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले आफू अझै २० वर्ष राजनीतिमा रहने बताएपछि भावी अध्यक्षका आकांक्षीमा सन्नाटा छाएको छ ।

    सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा उनले अझै राजनीति गर्ने इच्छा व्यक्त गरेका हुन् ।

    उनको यो अभिव्यक्तिले पार्टीको विधानबाट ७० वर्षे उमेरहद निलम्बन किन गरिएको रहेछ भन्ने भेद खुल्दै गएको छ । यद्यपि २० वर्षसम्म पदमा बस्ने वा नबस्ने भन्नेचाहिँ बेग्लै कुरा हुने ओलीको भनाइ छ ।

    आफू अहिले पनि १८ घन्टा काम गर्ने उल्लेख गर्दै ओलीले शरीर जस्तो बनायो त्यस्तै हुँदै जाने बताए ।

    ‘म लगभग १८ घण्टा काम गर्छु । आज पनि यहाँ आउँदाआउँदै एकछिन आराम गरेँ । किनभने मैले राति आराम गरेकै थिइनँ । त्यसैले मौका मिलेको बेलामा एकछिन आराम गरौँ भने त भनेर बसेर आराम गरेँ थोरै । थोरै आराम गरेपछि फेरि रिफ्रेस भइहाल्छ । ठीक भइहाल्छ,’ उनले भने।

    ओलीको अभिव्यक्तिले सबैभन्दा बढी पीडा विष्णु पौडेल, ईश्वर पोखरेल, शंकर पोखरेललाई पुगेको छ । तीनैजना एमालेको भावी अध्यक्षको दौडमा छन् ।

    ओलीले २० वर्षसम्म पार्टी नेतृत्व कब्जा गरे भने तीनैजना अध्यक्ष बन्नबाट वञ्चित हुनेछन् । त्यसपछि योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताको हातमा एमालेको बागडोर पर्नेछ ।

    यतिबेला एमालेमा शंकर पोखरेल र विष्णु पौडेलबीच आगामी अध्यक्ष को बन्ने भन्ने प्रतिस्पर्धा छ । देशैभरि एमाले नेता कार्यकर्ता दुई भागमा विभाजित भइसकेका छन् । जसलाई अब ओलीले समेत रोक्न सक्ने अवस्था छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend