बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

रातोपुलमा सञ्चालनमा आयो नेपालकै पहिलो बालबालिकासम्बन्धी ब्लुम पार्क क्लिनिक

रातोपुलमा सञ्चालनमा आयो नेपालकै पहिलो बालबालिकासम्बन्धी ब्लुम पार्क क्लिनिक

  • मिडिया डबली
  • आइतवार, आश्विन २८ २०८०

  • 2.3K
    SHARES

  • रातोपुलमा सञ्चालनमा आयो नेपालकै पहिलो बालबालिकासम्बन्धी ब्लुम पार्क क्लिनिक

    काठमाडौं - काठमाडौंको रातोपुलमा विभिन्न स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित भएका बालबालिकाका लागि ब्लुम पार्क क्लिनिक सञ्चालनमा आएको छ ।

    आइतबार एक कार्यक्रमबीच क्लिनिक उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा तीनजना बालबालिकाले विशेष प्रस्तुति दिएका थिए ।

    सो अवसरमा आफ्ना बालबालिकाले भोग्नुपरेको अवस्थाबारे अभिभावकसँग अन्तरक्रिया पनि सम्पन्न भएको थियो । क्लिनिकमा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई पनि सहयोग प्रदान गर्दै आएको निलम लामा दाहालको भनाइ छ ।

    उनले आगामी दिनमा क्लिनिकले सामुदायिक क्षेत्रमा पनि प्रभाव पार्ने कार्यक्रमको योजना रहेको बताइन् । यो एक प्रकारको पेडियाट्रिक मल्टी स्पेसियाल्टी क्लिनिक भएको स्पिच ल्याङ्ग्वेज प्याथोलोजिस्ट दाहालले जानकारी दिइन् ।

    यहाँ आक्युपेसनल थेरापी, स्पिच ल्याङ्ग्वेज थेरापी, बिहेभिएर थेरापी, फिडिङ थेरापी, ओरल प्लेसमेन्ट थेरापी र फिजियोथेरापीसम्बन्धी सेवा दिइने उनको भनाइ छ ।

    नेपालमै पहिलोपटक ब्लुम पार्क क्लिनिकमा आयरस सेन्सरी इन्टिग्रेसन र ओरल प्लेस्नेट थेरापी सेवा उपलब्ध रहेको छ ।

    एक वर्षअघि चारजना महिला थेरापी चिकित्सकद्वारा सञ्चालनमा आएको क्लिनिकमा करिब २६० जना बालबालिकालाई थेरापी चिकित्सा सेवा प्रदान गरिएको दाहालले बताइन् ।

    बालबालिकामा हुने शारीरिक विकासमा ढिलाइ, मानसिक सामाजिक अवस्था, अपांगतासँगसँगै न्युरोलोजिकल अवस्थाहरू जस्तै, अटिजम डाउन सिन्ड्रोम, लर्निङ डिसयबिलिटी, सेरीब्रल पाल्सीलगायतका विरामीले यो क्लिनिकबाट स्वास्थ्य सेवा लिइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २८ २०८००५:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend