काठमाडौं - एमालेका अध्यक्ष केपी ओलीले सरकारलाई धन्यवाद दिएका छन् ।
प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायलबीच जारी द्वन्द्वमा फसेका नेपालीलाई स्वदेश फर्काएपछि ओलीले धन्यवाद दिएका हुन् ।
‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हिजो २५३ जना नेपाल फर्केका छन्, युद्धग्रस्त क्षेत्रमा त्रासमा रहनु ज्यादै पीडादायी हुन्छ,’ ओलीले भनेका छन्, ‘नेपाली विद्यार्थीलाई काठमाडौँ फर्काउन पहल गरेकोमा सरकारलाई धन्यवाद ।’ सरकारले गरेका कुनै पनि काममा ओलीले पहिलोपटक धन्यवाद दिएका हुन् ।
ओलीले विज्ञप्ति जारी गरेरै इजरायलको युद्धस्थलमा फसेका नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेका थिए । परराष्ट्रमन्त्री एनपी साउद आफै गएर बिहीबार बिहान दुई सय ५३ जना विद्यार्थीलाई स्वदेश ल्याएका थिए ।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्री साउद आफैं नेपाली लिन नेपाल एयरलाइन्सको जहाज चढेर गएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।