आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवाले कोशीमा माओवादीलाई मुख्यमन्त्री छाडेपछि कांग्रेसमा बबन्डर, शेखर पक्ष अघि बढ्यो

देउवाले कोशीमा माओवादीलाई मुख्यमन्त्री छाडेपछि कांग्रेसमा बबन्डर, शेखर पक्ष अघि बढ्यो

  • मिडिया डबली
  • बिहिवार, आश्विन २५ २०८०

  • 4.0K
    SHARES

  • देउवाले कोशीमा माओवादीलाई मुख्यमन्त्री छाडेपछि कांग्रेसमा बबन्डर, शेखर पक्ष अघि बढ्यो

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीमा माओवादीलाई मुख्यमन्त्री छाडेपछि पार्टीमा बबन्डर हुने देखिएको छ ।

    देउवाको यो निर्णयको विरोध गर्दै शेखर कोइराला पक्षका सांसद केदार कार्कीले पनि कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएका छन्।

    सत्ता गठबन्धनको बिहीबारको बैठकले कोशीको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अगाडि सार्ने निर्णय गरेको थियो ।

    सो निर्णयको विरोध गर्दै कार्कीको समूहले उक्त निर्णय अमान्य भएको मुख्यमन्त्रीमा दाबी गर्ने जनाएको हो। यसका लागि कांग्रेसका आठ सांसदको हस्ताक्षर लिइएको छ ।

    प्रमुख प्रतिपक्षी दल एमालेले कार्कीलाई आठ सांसदको हस्ताक्षर गरेर आए आफूले सरकार बनाउन सहयोग गर्ने आश्वासन दिएको छ ।

    कोशीमा २९ सिट भएको कांग्रेसले १३ सिट भएको माओवादीलाई नेतृत्व दिन नसक्ने भन्दै कार्की निकट सांसदहरूले एमालेको सहयोगमा सरकार बनाउने तयारी गरेको छ ।

    संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत पुर्‍याउन सक्ने सदस्यले मुख्यमन्त्री दाबी गर्न सक्छ। जसमा दलीय ह्विप लाग्दैन । यदि कांग्रेसका कार्कीले एमालेका ४० सांसदको सहयोगमा मुख्यमन्त्रीमा दाबी गरे भने माओवादीले सरकार बनाउन सक्ने छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend