काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा रहेपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले हाफ्नो चहलपहल बढाएका छन् । पार्टी फुटे पनि सत्ता टिकाउन ओलीले जस्ता सुकै रणनीति अपनाउँन सक्ने स्थिती सिर्जना भएको छ ।
यसै क्र्रममा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग केहिदिन अघि गोप्य छलफल गरेका थिए । त्यसपछि आज (आइतबार) बिहान पनि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई देउवासँग भेट गराउन बुढानिलकण्ठ पठाएका थिए ।
ओलीले दुतका रुपमा नेम्वाङलाई पठाएका थिए । आफू इतर समूहले चाल्न सक्ने सम्भावित कदमको पूर्वानुमान गरेर सभापति देउवासँगको छलफललाई तिव्रता दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार पार्टी फुटे कांग्रेससँग सहकार्य गरेर आफूलाई प्रधानमन्त्रीमा कायम राख्न ओलीले कथमकदाचित सभापति देउवासँग हिमचिम बढाएको स्रोतको दाबी छ ।
देउवासँग हिमचिम बढाउन खोजेपछि कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा देउवालाई प्रश्न गरिएको थियो । यद्यपी देवाले सत्ता साझेदारीका विषयमा अहिलेसम्म छलफल नभएको बताएका छन् ।
त्यस्तै आइतबार नेम्वाङसँग भएको भेटमा नेम्वाङले “आफूहरु कांग्रेससँग मिलेर अगाडि बढ्न सधैँ तयार रहेको कुराहरु राखे”को स्रोतले जनाएको छ । “जिम्मेवार प्रतिपक्षका नाताले जिम्मेवार भूमिका कांग्रेसले खेलोस् भन्ने नेम्वाङको आशय” रहेको स्रोतले जनाएको छ ।
यद्यपी कांग्रेस सभापति देउवा भने ओलीलाई सघाउनकै लागि सरकारमा नजाने संकेत गरेको बताइएको छ । तर, नेतृत्व गर्ने मौका काँग्रेलाई दिइए जान पनि सकिने स्रोतको भनाइ छ । “ओलीलाई सघाउनकै लागि सेकेन्ड भएर कांग्रेस सरकारमा गइदैन् तर नेतृत्व कांग्रेसले गर्न पायो भने जान सक्छ र जानु पनि पर्छ ।” ससभापतीको आशयलाई उदृत गर्दै स्रोतले बतयो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।