आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कम्युनिस्टको मुखमा बुझो लगाउने गरी बोले देउवा, भ्रमको खेती नगर्न चेतावनी

कम्युनिस्टको मुखमा बुझो लगाउने गरी बोले देउवा, भ्रमको खेती नगर्न चेतावनी

  • मिडिया डबली
  • बिहिवार, जेठ १५ २०७७

  • 26.0K
    SHARES

  • कम्युनिस्टको मुखमा बुझो लगाउने गरी बोले देउवा, भ्रमको खेती नगर्न चेतावनी

    काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू—भाग रहेको दोहोर्‍याएका छन् ।

    १३ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदैं देउवाले भनेका छन्, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू—भाग हुन् । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ । केन्द्रीय समितिको बैठकबाट यसबारे संस्थागत निर्णय गर्नेछौं ।’ साथै उनले नेपाली कांग्रेसको धारणा बारे कुनैपनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न समेत आग्रह गरेका छन् ।

    यस्तै देउवाले दिवसको अवसरमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने वीर शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गरोस भनी शुभकामना व्यक्त गरेका छन् ।

    विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको अवस्थामा उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न सबैलाई देउवाको आग्रह छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २२ २०७७०९:२४:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend