आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कोरोना महामारीका बेला शेरबहादुर देउवाको माग : ‘एमसीसी पारित हुनुपर्छ’

कोरोना महामारीका बेला शेरबहादुर देउवाको माग : ‘एमसीसी पारित हुनुपर्छ’

  • मिडिया डबली
  • बुधवार, बैशाख ३१ २०७७

  • 30.9K
    SHARES

  • कोरोना महामारीका बेला शेरबहादुर देउवाको माग : ‘एमसीसी पारित हुनुपर्छ’

    काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमण दिनदिनै बढेर महामारी फैलिनसक्ने खतरा रहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित हुनुपर्ने धारणा राखेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले बैठकमा एमसीसी सम्झौताको कुरा पनि उठेको बताउँदै आफू पारित हुनुपर्ने पक्षमा रहेको बताए ।

    भारतले सीमा अतिक्रमण गरेको सन्दर्भमा सभापति देउवाले काली नदी वारि (पश्चिम) को भूमि नेपालकै रहेको र त्यसमा कुनै विवाद नरहेको बताए । भारतले सीमामा बनाएको सडकमा चीन समेत जोडिएकाले दुई देशसँग कूटनीतिक छलफल गर्नुपर्ने सभापति देउवाको तर्क छ ।

    तथ्य र प्रमाणहरू संकलन गरेर अतिक्रमित भूमि फिर्ता गराउनुपर्ने उल्लेख गर्दै देउवाले भने, ‘त्यहाँ पहिलेदेखि बस्दै आएको भारतीय सेना तत्काल फिर्ता पठाउन पनि सरकारले पहल गर्नुपर्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २२ २०७७०९:२४:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend