काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट तत्काल अनुमोदन हुनुपर्ने बताएका छन् ।
शनिवार बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै देउवाले एमसीसी कुनै ऋण सम्झौता नभएर अमेरिकी अनुदान भएका कारण एमसीसीलाई संसदले अनुमोदन गरेर देश विकासमा लगाउनुपर्ने बताएका छन् ।
यस्तै, कांग्रेसले सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेको छ । कांग्रेसले शनिबार संसद सचिवालयलमा संशोधन प्रस्तावसमेत दर्ता गराएको छ ।
सरकारले कोरोना महामारीबाट उत्पन्न संकटलाई सम्वोधन नगरी पट्यारलाग्दो नीति तथा कार्यक्रम ल्याएको भन्दै नेपाली कांग्रेसले बुँदा नम्बर १ देखि २७६ सम्म पुनर्लेखन गर्नुपर्ने माग गरेको छ ।
शनिवार दर्ता गरिएको संशोधन प्रस्तावमा संशोधनकर्ताका तर्फबाट डा. मिनेन्द्र रिजाल, पुष्पा भुसाल र सञ्जयकुमार गौतमको हस्ताक्षर गरेका छन् ।
शुक्रवार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रमले कोरोनाको महामारीलाई सम्बोधन गर्न नसक्ने, विदेशमा रोजगारी गुमाएका नेपालीहरूलाई जोखिमबाट सुरक्षित गराउन नसक्ने र देशका सामु उत्पन्न चुनौतीको समामना गर्न नसक्ने भन्दै यसको पुनर्लेखन गरिनुपर्ने माग कांग्रेसले गरेको छ ।
शनिवार नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ । बैठकमा बोल्दै कांग्रेस सभापति देउवाले सीमाना अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा बस्ने प्रबन्ध मिलाउन र विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउन सरकारसँग माग छन् ।
बैठकमा बोल्ने अधिकांश कांग्रेस सांसदहरूले सरकारको नीति तथा कार्यक्रममा रहेका कमजोरीबारे औंल्याएका थिए । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आईतवारदेखि छलफल हुँदैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।