काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा राजु रेग्मीले उम्मेदवारी घोषणा गरेका छन् ।
असोज २९ देखि कात्तिक १ गतेसम्म काठमाडौंमा हुने एनआरएनएको ११औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।
रेग्मीले ‘समुन्नत नेपाल सम्मानित गैरअवासीय नेपाली’ भन्ने मूल नारा तय गरेका छन् ।
उपाध्यक्षमा निर्वाचित भएमा विदेशमा रहेका नेपालीहरूको पक्षमा विशेष योजना र कार्यक्रमसहित सेवा गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
रेग्मीले ‘सामाजिक एकतासहितको गतिशीलता, मातृभूमिको समृद्धिमा हाम्रो पनि सहभागिता, एनआरएनए अभियानको बृहत् रुपान्तरणसहितको मेरो प्रतिबद्धता भनेर नारा पनि बनाएका छन् ।
नेपालीहरूको महान चाड दशैंको छेको पारेर आयोजना हुन लागेको ११औं अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी हुन अहिले विभिन्न देशका गैरआवासीय नेपाली धमाधम काठमाडौंमा आउन थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।