काठमाडौं - इजरायलमा रहेका नेपालीको उद्धारका लागि गएको नेपाल वायु सेवा निगमको जहाजले नेपाली समयअनुसार १०ः४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको छ।
नेपाली नागरिक ल्याएर जहाज बिहीबार राति सवा ९ बजेपछि त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल अवतरण गर्ने भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार साढे दुई सय नेपालीले स्वदेश फर्किन रजिस्ट्रेसन फाराम भरेका छन् । दुई दिन लगाएर नेपाल आउन चाहने नागरिकको उद्धार गर्ने सरकारले जनाएको छ ।
नेपाली लिन गएको चार्टर्ड विमानमा परराष्ट्रमन्त्री एनपी साउद आफैं सहभागी छन् । प्यालेस्टाइनी विद्रोही समूहले हमासका लडाकूले हत्या गरेका १० नेपाली विद्यार्थीको शव ल्याउन भने ढिलाइ हुने भएको छ ।
इजरायलको प्रोटोकलअनुसार नेपालले केही दिन कुर्नुपर्ने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।