बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

संसदबाटै प्रचण्डको विकल्प खोज्न ओलीको आह्वान

संसदबाटै प्रचण्डको विकल्प खोज्न ओलीको आह्वान

  • मिडिया डबली
  • मंगलवार, आश्विन १६ २०८०

  • 6.7K
    SHARES

  • संसदबाटै प्रचण्डको विकल्प खोज्न ओलीको आह्वान

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्न आह्वान गरेका छन् ।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर सम्बोधन गर्दै उनले वर्तमान सरकार जति समय राख्यो त्यति नै देशलाई बोझ बढ्ने बताए ।

    करिब दुई घन्टा धाराप्रवाह बोलेका उनले सरकारदेखि राष्ट्रपति रामचन्द्र पौडेलसम्मको उछितो काढेका थिए । ओलीले देशमा सञ्चालिन परियोजनासमेत सञ्चालन गर्न नसक्ने सरकारले संविधान र व्यवस्थाको रक्षामा पनि असफल भएको भन्दै सरकारको विकल्प खोज्न आह्वान गरे ।

    ‘सर्भिस डेलिभिरी दिन नसक्ने, डेभलपमेन्ट डेलिभरी दिन नसक्ने, केवल रित्तो कोल अथवा आइरो नहालेको जाँतो घुमाएर सत्ता भोग गर्ने पद अशक्त यो सरकारको अझैपनि औचित्य केही छ र ? ओलीले भने, ‘अब थप क्षति हुनबाट राष्ट्रलाई जोगाउनुपर्छ । म सबै माननीयज्यूहरूमा, सबै दलहरूमा आह्वान गर्दछु ।’

    पूर्वप्रधानमन्त्री ओलीले देशमा सरकार प्रमुख खोज्नुपर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री नभए पनि देश चल्ने रहेछ भन्ने सन्देश प्रचण्डले दिएको बताए ।

    ‘यो सरकारले संसद् र जनतासँग फेस गर्न सक्दैन । आयोजनाहरू अलपत्र छन् । कतिपय खारेज गरिएको छ । कतिपय देखाउनका लागि निरन्तरता दिइएको छ । तर, आयोजनाहरूलाई बजेट दिइएको छैन,’ उनले भने, ‘हामीले सम्पन्न पूर्वाधारको प्रयोग गरी यो आर्थिक उपार्जन गर्ने कुरा यो सरकारको प्राथमिकतामा परेन ।’

    दशैंलगत्तै नयाँ सरकार गठन हुने हल्ला चलिरहेका बेला ओलीले संसदबाटै प्रधानमन्त्री प्रचण्डको विकल्प खोज्न आह्वान गरेपछि राजनीति तरंगित बनेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend