काठमाडौैं - एमाले अध्यक्ष केपी ओलीले मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
संसद्मा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले संसदमा सम्बोधन गर्न सभामुख देवराज घिमिरेसँग माग गरेका हुन् ।
ओलीले आजको सम्बोधनमा सरकारको आलोचना गर्ने भएका छन् । खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन र अमेरिका भ्रमणको सम्बन्धमा ओलीले पार्टीको धारणा राख्ने बुझिएको छ ।
१५ दिने विदेश भ्रमण पूरा गरेर फर्केका प्रचण्डको राज्यप्रतिको उदासीनतालाई लिएर आलोचना भइरहेको छ । आइतबारको संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमण सफल भएको दाबी गरेका थिए ।
तर प्रधानमन्त्रीको दुवै भ्रमणबाट नेपालले केही उपलब्धि हासिल गर्न नसकेको, प्रधानमन्त्री तीर्थाटनमा गएको आमजनताको बुझाइ छ । प्रचण्ड ठूलो डफ्फा लिएर मानसरोवर यात्रामा गएर फर्केका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।