बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
आजको बिशेष

एमालेमा ओली कमजोर बन्दै, कुनै प्रदेशमा नहुने भो नेतृत्व सर्वसम्मत

एमालेमा ओली कमजोर बन्दै, कुनै प्रदेशमा नहुने भो नेतृत्व सर्वसम्मत

  • मिडिया डबली
  • आइतवार, आश्विन १४ २०८०

  • 6.0K
    SHARES

  • एमालेमा ओली कमजोर बन्दै, कुनै प्रदेशमा नहुने भो नेतृत्व सर्वसम्मत
    फाइल तस्बिर

    काठमाडौं - एमाले अध्यक्ष केपी ओली आफूलाई पार्टीमा निर्विकल्प नेता ठान्छन् । आफूले जे भन्यो नेता कार्यकर्ताले खुरुखुरु मान्छन् भन्ने उनमा भ्रम छ ।

    तर यसपटक एमालेको प्रदेश अधिवेशनले आफू कति पानीमा छु भन्ने भेउ ओलीलाई गराइदिएको छ । ओलीले पार्टीको १०औं महाधिवेशनमै आफू सर्वसम्मत अध्यक्ष बन्ने प्रयास गरेका थिए ।

    सोहीअनुसार उनले आफू निकट नेताको कार्यसमितिको लिस्ट नै सार्वजनिक गरेका थिए । तर, भीम रावल र घनश्याम भुसालले ओलीको चाहनामा तुषरापात गरिदियो ।

    साढे दुई सय मत ल्याएर रावलले ओलीलाई निर्विकल्प नेता बन्न दिएनन् । आफूलाई टक्कर दिएको झोकमा ओलीले रावलको राजनीति नै सिध्याइदिए ।

    अहिले प्रदेश अधिवेशन उदघाटन गर्ने क्रममा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिँदै आएका छन् । तर लुम्बिनीबाट सुरु भएको ओलीको अवज्ञा सातै प्रदेशमा पुग्ने संकेत देखिसकेको छ ।

    लुम्बिनी र बागमतीमा निर्वाचनबाटै नेतृत्व चयन भएको छ । कर्णाली प्रदेशमा आइतबार चुनाव हुँदै छ । कोशी प्रदेशमा उम्मेदवारी दर्ता भएर चुनावी प्रक्रिया सुरु भएको छ ।

    मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशमा अधिवेशन हुन बाँकी छ । एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ ।

    अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दबाडीले जानकारी दिए । अधिवेशनमा प्रदेशका ८५ वटै स्थानीय तहबाट नौ सय सात प्रतिनिधिले भाग लिने छन् । विभिन्न उपसमिति गठन गरेर अधिवेशनको तयारीलाई तीव्रता दिइएको एमाले गण्डकीले जनाएको छ ।

    अधिवेशनले आगामी कार्यकालका लागि प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको दिन नजिकिएसँगै नेतृत्वका आकाङ्क्षीको नाम चर्चामा आउन थालेको छ ।

    अहिलेसम्म कसैले पनि आधिकारिकरूपमा उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् । प्रदेश अध्यक्षको आकांक्षीमा अहिलेका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दवाडी, उपसचिव रश्मी आचार्यलगायतको नाम चर्चामा छ ।

    केन्द्रीय सदस्यले पनि प्रदेश कमिटीको नेतृत्वका लागि उम्मेदवारी दिनसक्ने चर्चा छ । अधिवेशनको सोमबार अमरसिंह चौरमा एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । बन्दसत्र मंगलबार पोखरा सभागृहमा हुने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend