बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कांग्रेस नेता दीपक खड्काले अचानक जिल्ला सभापतिबाट किन राजीनामा दिए ?

कांग्रेस नेता दीपक खड्काले अचानक जिल्ला सभापतिबाट किन राजीनामा दिए ?

  • मिडिया डबली
  • बिहिवार, आश्विन ११ २०८०

  • 7.1K
    SHARES

  • कांग्रेस नेता दीपक खड्काले अचानक जिल्ला सभापतिबाट किन राजीनामा दिए ?

    काठमाडौं -नेपाली कांग्रेस संखुवासभाका सभापति दिपक खड्काले एकाएक पदबाट राजीनामा दिएपछि पार्टीमा तरंग सिर्जना भएको छ ।

    कुनै पनि घटनाक्रम विकसित नभएका बेला खड्काले अचानक किन पार्टी सभापतिबाट राजीनामा दिए ? भन्ने भेउ कसैले पनि पाउन सकेका छैनन् । खड्काले राजीनामा पत्र बुधबार पार्टी केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई बुझाएका छन्।

    उनी २०७८ असोजमा भएको जिल्ला अधिवेशनबाट चुनाव जितेर सभापति भएका थिए। आफू जिल्ला सभापतिको पदमा नरहे पनि अब बन्ने सभापतिलाई सहयोग गर्दै पार्टीको बफादार सिपाहीको रुपमा निरन्तर पार्टी र जनताको काममा क्रियाशील रहने राजीनामा पत्रमा उल्लेख गरेका छन्।

    खड्का कांग्रेस सांसद पनि हुन् । उनले गत मंसिरको निर्वाचनमा एमालेका राजेन्द्र गौतमलाई पाँच हजारभन्दा बढी मतले पराजित गरेका थिए ।

    उनले आफू पार्टीको सांसद पनि भएकाले जिल्लामा रहेर पार्टीको सांगठनिक गतिविधिमा सक्रिय हुन नसकेको उल्लेख गरेका छन् ।

    कांग्रेसमा नेता डा.शशांक कोइराला निकट मानिने खड्का पूर्वराज्यमन्त्री पनि हुन् । पछिल्लो समय खड्का गम्भीर विरामी भएकाले राजनीतिमा क्रियाशील हुन सकेका छैनन् ।

    सोही कारण पनि उनले जिल्ला सभापतिबाट राजीनामा दिएको हुनसक्ने बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १८ २०७८०१:३९:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend