संखुवासभा, १८ असोज- नेपाली कांग्रेस संखुवासभा सभापतिमा दीपक खड्का निर्वाचित भएका छन् । प्रतिस्पर्धी रामबहादुर राईलाई भारी मतान्तरले पराजित गर्दै खड्का सभापति पदमा निर्वािचत भएका हुन् ।
कुल खसेकाे एक हजार ३४९ मतमा खड्काले एक हजार १९८ ल्याए भने राईले ११० मत मात्रै प्राप्त गरे । खड्का २०७० सालकाे संखुवासभा क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भइ खानेपानी तथा सरसफाई राज्यमन्त्री भएका थिए ।
उपसभापतिमा रामकुमार जिमी ९१६, अनन्त गौली ६७०, सचिवमा टकमान घले एक हजार ४५ र कुमारबाबु अधिकारी ७४३ मत ल्याएर विजयी भएका छन् ।
सहसचिवमा किशोरकुमार गुरुङ ६६७ र सुवास कालाखेती ६०५ मत ल्याएर विजयी भएका छन् । सभापति खड्का कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । जिल्ला कार्यसमिति चयनका लागि सहमति नभएपछि शनिबार मतदान भएको थियो ।
कांग्रेसको जिल्ला कार्यसमितिमा ४२ पद र केन्द्रीय महाधिवेशन प्रतिनिधि २६ पदका लागि मतदान भएको हो । महाधिवेशन प्रतिनिधिको मत गणना आइतबार राति बाट रोकिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।