काठमाडौँ - ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ ।
अधिकारीसँग केन्द्रीय अनुसन्धान विभागमा बोलाएर बयान लिइएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । अधिकारीले दावासँग सामाजिक सञ्जाल (ह्वाट्सएप) मा कुरा गरेको भेटिएको छ ।
अधिकारी गृहमन्त्री नारायणकाजी श्रेष्ठ निकट सहसचिव हुन् । माओवादी नेताहरूकै दबाबमा अधिकारीलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको थियो ।
सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि गृह मन्त्रालयले उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाएको थियो । भदौ ७ मा विभागबाट मन्त्रालय तानिएका अधिकारीलाई अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।
ब्युरोले सुन प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग पनि सोमबार बयान लिएको थियो ।
सुन प्रकरणमा हालसम्म २६ जना पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा माओवादी नेता वर्षमान पुनको पूरै परिवार अनुसन्धानको घेरामा परेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।