बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कुन्दनराज काफ्लेले किन दिए प्रमुख सचेतकबाट राजीनामा ?

कुन्दनराज काफ्लेले किन दिए प्रमुख सचेतकबाट राजीनामा ?

  • मिडिया डबली
  • मंगलवार, भाद्र १९ २०८०

  • 2.7K
    SHARES

  • कुन्दनराज काफ्लेले किन दिए प्रमुख सचेतकबाट राजीनामा ?

    काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।

    उनले संसदीय दलका नेता बहादुरसिंह लामालाई मंगलबार राजीनामा पत्र बुझाएका हुन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका काफ्लेले प्रमुख सचेतकको भूमिकामा रहँदा पार्टी संगठन र आफ्नो निर्वाचन क्षेत्रमा दिने समय कम भएको कारणले राजीनामा दिएको उल्लेख गरेका छन् ।

    उनी दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। ‘केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु,’ काफ्लेले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनले आफू प्रमुख सचेतक हुँदा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्। संसदीय दलको निर्वाचनका बेला काफ्ले एकाएक बहादुरसिंह लामा पक्षमा उभिएका थिए ।

    तर यो आठ महिनामा लामाले दलको नेताको भूमिका राम्रोसँग निभाउन नसकेको भन्दै पार्टीभित्रै असन्तुष्टि बढेको छ ।

    कांग्रेसका सांसदहरू लामाको कार्यशैलीप्रति सन्तुष्ट नरहेकै बेला काफ्लेले प्रमुख सचेतक पदबाट राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १६ २०७९०२:४८:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend