आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

माधव नेपालसँग ओलीलाई अझै त्रास, यी दुई घटनाले गर्छ पुष्टि

माधव नेपालसँग ओलीलाई अझै त्रास, यी दुई घटनाले गर्छ पुष्टि

  • मिडिया डबली
  • मंगलवार, भाद्र ५ २०८०

  • 3.5K
    SHARES

  • माधव नेपालसँग ओलीलाई अझै त्रास, यी दुई घटनाले गर्छ पुष्टि

    काठमाडौं - सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले करिब एक महिनादेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

    अवरुद्ध संसद् खुलाउन तीन दिनदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय दलको बैठक राख्दै आएका छन् । प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठकमा एमाले नेताहरू सहभागी हुँदै आएका छन् ।

    आज पनि प्रचण्डले बैठक बोलाएका छन् । त्यो बैठकमा पनि एमाले सहभागी हुने भएको छ । तर संसद् खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलले डाकेको सर्वदलीय बैठकमा भने एमाले गएन ।

    एमाले नेताहरूले बैठक बहिष्कार गरे । जबकि विगत सात वर्षमा विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा उनले बोलाएको बैठकमा एमाले सधैं शीतल निवास जाने गरेको थियो ।

    एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नजानु र प्रधानमन्त्रीले बोलाएको बैठकमा जानुको मुख्य कारण एकीकृत समाजवादी नै रहेको रहस्य खुलेको छ ।

    राष्ट्रपतिले बोलाएको बैठकमा एकीकृत समाजवादी पनि सहभागी थियो । तर प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा एकीकृत समाजवादी सहभागी छैन । ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा एकीकृत समाजवादी राष्ट्रिय दल बन्न सकेन ।

    त्यसैले एमालेले माधवकुमार नेपाललाई छोइछिटो गर्नकै लागि दोहोरो चरित्र देखाएको पुष्टि भएको छ । यो कुरा स्वयं एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीको केन्द्रीय समिति बैठकमा समेत राखेका छन् ।

    एकीकृत समाजवादीको अध्यक्ष नेपालले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा आफ्नो पार्टीको छाया परेकाले एमाले नआएको टिप्पणी गरेका छन्।

    जारी केन्द्रीय समितिको बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले एमाले नेताहरूजस्तो आफ्नो सानो चित्त नभएको बताए। ‘आज एउटा बैठक राष्ट्रपतिले बोलाउनुभएछ। राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा म पनि गएको थिएँ। तर, थाहा छैन के कारणले हो एमालेका नेताहरू आएनन्। सम्भवतः त्यहाँ माधव नेपाल एकीकृत समाजवादीको छाया परेको भएर होला आउने काम भएन। हामीमा त्यस्तो संकीर्णता छैन। हामीमा त्यस्तो किसिमको सानो चित्त छैन। हामी राष्ट्रका साझा विषयमा हातेमालो गरेर अघि बढ्न चाहन्छौँ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend