काठमाडौं - अदालतले क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्ममितिसम्बन्धी कागजात मगाउने आदेश दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले बिहीबार किशोरीकी आमाको नागरिकतासम्बनधी कागजात मगाउने आदेश दिएका हुन् ।
सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार अदालतले पीडित किशोरीको आमाको जन्ममिति खुल्ने कागजात मगाउने आदेश दिएको जानकारी दिए ।
कतिपय कागजातमा पीडित भनिएकी किशोरीको उमेर र उनकी आमाको उमेर अन्तर नौ वर्षको मात्रै देखिएको भन्दै सो विषय स्पष्ट हुन आमाको नागरिकता वा जन्ममिति खुल्ने कागजात मगाइएको हो ।
अब पीडित किशोरीको आमाको नागरिकतासम्बन्धी कागजात आएपछि मात्रै उक्त मुद्दामा सुनुवाइ हुनेछ । अदालतले सुन्दीपको मुद्दामा आजै अन्तिम फैसला सुनाउने भनिएको थियो ।
तर अब केही समयलाई सरेको छ । स्रोतका अनुसार ‘गौशाला २६’ (पीडित) ले १२ कक्षा पास गरेकी छन् । उनले ३.७० जिपिए ल्याएर १२ कक्षा उत्तीर्ण गरेको बताइन्छ ।
आफूविरुद्धको मुद्दाको टुंगो नलाग्दासम्म सन्दीप चिन्तामा परेका छन् । उनले राम्रोसँग क्रिकेट खेल्नसमेत सकेका छैनन् । अहिले उनी नेपालमै छन् । एसिया कपको तयारीमा जुटेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।