आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

कोशीबाट अहिलेको गठबन्धन भत्काउन प्रचण्डसँग ओलीको प्रस्ताव, राजनीति तरंगित

कोशीबाट अहिलेको गठबन्धन भत्काउन प्रचण्डसँग ओलीको प्रस्ताव, राजनीति तरंगित

  • मिडिया डबली
  • सोमवार, श्रावण १५ २०८०

  • 2.6K
    SHARES

  • कोशीबाट अहिलेको गठबन्धन भत्काउन प्रचण्डसँग ओलीको प्रस्ताव, राजनीति तरंगित

    काठमाडौं - एमाले अध्यक्ष केपी ओली अहिले दिनहुँ प्रधानमन्त्री निवास बालुवाटार धाइरहेका छन् ।

    आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका ओली सोमबार पनि बालुवाटार पुगेका छन् । कोशी प्रदेशमा नयाँ सरकार गठनको विषयमा छलफल गर्न ओली बालुवाटार जाने क्रम तीव्र बनेको नेताहरू बताउँछन् ।

    सोमबार बालुवाटार पुगेर ओलीले प्रचण्डसँग कोशीमा एमाले र माओवादीको सरकार बनाउन प्रस्ताव गरेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीले गठबन्धनले सरकार गठन गर्न नसक्ने अवस्था रहेकाले एमाले–माओवादीको सहकार्यमा सरकार गठन गर्नु नै निकास रहेको प्रचण्डलाई सुनाएका थिए ।

    उनले कोशीमा सहकार्यका लागि प्रस्ताव गरे पनि प्रधानमन्त्री भने अहिलेको अवस्थामा सहकार्यको सम्भावना नरहेको जवाफ दिएका थिए ।

    यदि कोशीमा अहिलेको गठबन्धन भत्काएमा त्यसको असर केन्द्रमा पनि निष्कर्षसहित ओलीले प्रचण्डसँग यस्तो प्रस्ताव गरेका हुन् ।

    स्रोतका अनुसार ओलीले नयाँ सिराबाट सहकार्य हुने अवस्था बनेको खण्डमा माओवादीलाई मुख्यमन्त्री बनाउन एमाले तयार रहेको बताएका थिए ।गठबन्धनका उद्धव थापा नेतृत्वको सरकारलाई सर्वोच्चले असंवैधानिक ठहर गर्दै खारेज गरेसँगै कोशीमा नयाँ सरकार गठनको प्रक्रिया जारी छ ।

    तर, अहिलेसम्म कसैले बहुमतको आधारमा सरकार दाबी गर्ने वातावरण बनेको छैन । गठबन्धनले सभामुखलाई राजीनामा गराएर भए पनि बहुमत पुर्‍याएर सरकार दाबी गर्ने तयारी गरेको छ ।

    कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले चार दिनको समय दिएका छन् । जुन सोमबार सकिँदैछ ।

    सर्वोच्च अदालतले साउन १७ गतेसम्म नयाँ सरकार गठन गरिसक्न परमादेश जारी गरेको थियो । कोशीमा सत्तारुढ र प्रतिपक्षको ४६–४६ मत छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend