काठमाडौं - व्यवसायी दीपक मल्होत्राले बुधबार समातिएको झन्डै एक क्विन्टल सुन आफ्नो नभएको बताएका छन् ।
बिहीबार दिउँसो होटेल रोयल सिंघेमा पत्रकार सम्मेलन गर्दै उनले त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन आफूले नल्याएको बताएका हुन्।
मल्होत्राले बरामद सुनसम्बन्धी समाचारप्रति आफ्नो आपत्ति रहेको र त्यसको खण्डन पठाउने बताए। उनले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको र त्यसबारे सोच्दा पनि नसोचेको बताए।
‘खण्डन नछापे म त्यो सञ्चारमाध्यमविरूद्ध कानुनी उपचारमा जान्छु,’ उनले भने, ‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु ।’
बिहीबार प्रकाशित नयाँ पत्रिका दैनिकले बरामद एक सय किलो सुनमा मल्होत्राको संलग्नता रहेको भन्दै उनको तस्बिर छापेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।