आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अर्थमन्त्री महत र चीनका अर्थमन्त्री कुनबीच भारतमा भेटवार्ता, के भो कुराकानी ?

अर्थमन्त्री महत र चीनका अर्थमन्त्री कुनबीच भारतमा भेटवार्ता, के भो कुराकानी ?

  • मिडिया डबली
  • मंगलवार, श्रावण २ २०८०

  • 1.3K
    SHARES

  • अर्थमन्त्री महत र चीनका अर्थमन्त्री कुनबीच भारतमा भेटवार्ता, के भो कुराकानी ?

    काठमाडौं - अर्थमन्त्री डा. प्रकाशशरण महत र चीनका अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ ।

    भारतको गुजरातस्थित गान्धीनगरमा जारी जी–२० का अर्थमन्त्रीहरूको बैठकका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो ।

    वार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा सहयोग आदान–प्रदानका विविध विषयमा कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री महतले चीनले नेपालको विकासका क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

    सन् २०१९ मा चीनका राष्ट्रपतिले गरेको नेपाल भ्रमणका क्रममा उनले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै कोभिडका कारण त्यस्ता आयोजना समयमा अघि बढ्न नसकेकामा अब चाँडै अघि बढ्ने विश्वास पनि त्यस वार्ताका क्रममा दुवै पक्षले व्यक्त गरेको थियो ।

    चिनियाँ अर्थमन्त्री लिउले नेपालको विकासका क्षेत्रमा चीन सदैव सहयोगी हुन चाहेको उल्लेख गर्दै दुई देशबीचका सहयोग परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ १४ २०८००४:२०:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend