आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रवक्ता महतको दाबी– कांग्रेसमा कुनै मतभेद छैन 

प्रवक्ता महतको दाबी– कांग्रेसमा कुनै मतभेद छैन 

  • मिडिया डबली
  • सोमवार, माघ ९ २०७९

  • 1.9K
    SHARES

  • प्रवक्ता महतको दाबी– कांग्रेसमा कुनै मतभेद छैन 

    काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समसामयिक राजनीतिक घटनाक्रमबारे कांग्रेसमा कुनै मतभेद नरहेको बताएका छन्। खासगरी प्रधानमन्त्रीलाई दिइएको विश्वासको मत र राष्ट्रपति निर्वाचनलाई लिएर पार्टीभित्र कुनै किसिमको मतभेद नरहेको उनको दाबी छ। 

    पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा भएको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसहितको छलफलपछि उनले यस्तो भनेका हुन्। महतले आइतवार भएको डा. शेखर कोइराला समूहको भेलाको निष्कर्षलाई लिएर भ्रम फैल्याइएको पनि दाबी गरे।

    देउवा निवासको बैठकमा सहभागी डा। कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको निष्कर्ष निकालेको भनेर आएको समाचार सही नभएको बताएको महतले सुनाए। 

    बैठकले राष्ट्रपति निर्वाचनलाई माघ २९ भन्दा उता नलैजान पनि भनेको छ। महतले कानुनमा समस्या भए सुल्झाएर पनि माघ २९ भित्रै राष्ट्रपति चुनाव हुनुपर्ने बताए। उनले माघ २९ भित्र राष्ट्रपति निर्वाचन सम्पन्न गर्ने कोसिसमा सबै लाग्नुपर्ने बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २९ २०८००२:३६:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend