काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षा र प्रतिगमनलाई रोक्न सत्ता गठबन्धन बनेको भन्दै यो कायम रहने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले गठबन्धन अहिले पनि आवश्यक रहेकाले निर्वाचनपछि समेत निरन्तर अघि बढ्ने बताए । संविधानलाई संस्थागत रूपमा कार्यान्वयन गर्नका लागि गठबन्धन प्रतिबद्धत रहेको उनको भनाइ छ ।
महतले स्वार्थकेन्द्रित भएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिएको उल्लेख गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।