बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भद्र घलेले ओगटेको नौ रोपनीमा बालेनको डोजर चल्दै

भद्र घलेले ओगटेको नौ रोपनीमा बालेनको डोजर चल्दै

  • मिडिया डबली
  • मंगलवार, श्रावण २ २०८०

  • 2.9K
    SHARES

  • भद्र घलेले ओगटेको नौ रोपनीमा बालेनको डोजर चल्दै

    काठमाडौं - एक वर्षअघि स्थानीय तहको निर्वाचनका बेला पूर्वमन्त्री भद्रकुमारी घलेले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) को ठूलो तारिफ गरेकी थिइन् ।

    त्यसबेला उनले काठमाडौं महानगरपालिकाले बालेन जस्तै मेयर खोजेको टिप्पणी गरेकी थिइन् । त्यसयता पनि घलेले बालेनको प्रशंसा गर्दै आएकी छन् । तर अहिले उनले किन बालेनको प्रशंसा गरेकी रहिछन् भन्ने तथ्य खुलेको छ ।

    काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित कित्ता नम्बर १२, १२२, २२३, २२५ र २२६ मा गरेर घलेले नौ रोपनी सरकारी÷सार्वजनिक जग्गा गैरकानुनी रूपमा कब्जा गरेको तथ्य खुलेको छ ।

    आफूले कब्जा गरेको जग्गामा कुनै पनि बेला काठमाडौं महानगरको डोजर चल्ने संकेत पाएपछि घलेले बालेनको प्रशंसा गरेको पाइएको छ ।

    तर बालेनको डोजर भने अब घलेले कब्जा गरेको सरकारी जग्गामा बनेका भवन र संरचनामा चल्ने भएको छ । काठमाडौं महानगरले मंगलबार (आज) सम्म ठाउँ खाली गराउन अल्टिमेटम दिएको छ ।

    काठमाडौं महानगरपालिकाको नगरी प्रहरीले त्यहाँका सामान हटाउन निर्देशन दिइसकेको छ । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मंगलबारसम्म ठाउँ खाली नगराए बुधबार डोजर चल्ने चेतावनी दिएका हुन् ।

    बालेनको निर्देशनमा भद्र घलेले हडपेको जग्गाको रेखांकनसमेत भइसकेको छ । घलेका आफन्तले सरकारी जग्गामा बनेका संरचनाबाट मासिक लाखौं भाडा उठाउँदै आएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पूर्वमन्त्री घलेले कब्जा गरेको सरकारी जग्गामा चासो देखाउँदै आएको छ । अख्तियारमा भद्र घलेले कब्जा गरेको ११ रोपनी सरकारी जग्गामा कृष्ण सार्वजनिक स्वास्थ्य सेवा सदनलगायतका संस्था खडा गरेर गैरकानुनी आर्थिक लाभ लिएको उजुरी परेको थियो ।

    त्यस्तै, भद्र शिक्षा सदन, कृष्ण भक्त एवं भद्रकुमारी घले पाहुना घर बनाउनुका साथै सटर, पसलकवलहरू निर्माण उठाई आर्थिक लाभसमेत लिइरहेको भन्ने व्यहोरासमेतको अख्तियारमा उजुरी परेको हो ।

    सार्वजनिक जग्गाहरु कब्जा गरी जेष्ठ नागरिक सदन, उपत्यका तमु गुम्बालाई जग्गा दान दिई सो समितिले पाँच तलेसम्मको भवन निर्माण गरी कार्यालयसमेत स्थापना गरेको अख्तियारले जनाएको छ ।

    सरकारी जग्गा मन्त्रिपरिषद्को निर्णयबाट मात्र प्राप्त गर्न सकिन्छ । संरचना बनाउँदा नक्सा पास अनिवार्य रुपमा गर्नुपर्छ । तर, घलेले गैरकानुनी रूपमा जग्गा कब्जा गरेको अख्तियारले जनाएको छ ।

     अख्तियारले काठमाडौं महानगरपालिका–१० लाई सरकारी जग्गाका विषयमा दुई दर्जन बढी पत्र पठाइएको छ । तर, अहिलेसम्म अख्तियारले जवाफ पाएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ३ २०८००१:२५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend