सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतले आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्ने

भारतले आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्ने

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २९ २०८०

  • 1.7K
    SHARES

  • भारतले आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्ने

    भारतले शुक्रबार दिउँसो एउटा विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गर्ने तयारी गरेको छ ।

    ’ल्यान्डर, रोभर र अर्विटर’ सहितको चन्द्रयान–३ स्थानीय समय अनुसार शुक्रबार दिउँसो साढे २ बजे प्रक्षेपण गर्ने सम्पूर्ण तयारी पूरा भएको भारतीय अन्तरीक्ष संस्था इसरोले जनाएको छ ।

    आन्द्र प्रदेशको श्रीहरिकोटबाट प्रक्षेपण गरिने यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने लक्ष्य राखिएको छ । आठ करोड डलरको लागतमा तयार पारिएको चन्द्रयान सफलतापूर्वक गन्तब्यमा पुग्यो भने चन्द्रमाको दक्षिणी भागमा यान पुर्‍याउने भारत पहिलो देश बन्ने छ ।

    अहिलेसम्म चन्द्रमाको उक्त भागको नक्साङ्कन समेत भएको छैन । चन्द्रमाको दक्षिणी ध्रुव निकै खतरनाक मानिएको छ । ठूल्ठूला खाडल र भीरहरू रहेको तथा त्यो भागमा अहिलेसम्म सूर्यको प्रकाश समेत नपरेको विश्वास गरिएको छ ।

    त्यहाँको तापक्रम माइनस २०३ डिग्री सेल्सियस रहेको अनुमान छ । यस्तो परिस्थितिमा पृथ्वीबाट पठाइने यानले बोकेका उपकरणहरू सञ्चालन गर्न निकै चुनौतीपूर्ण हुनेछ ।

    इसरोका अध्यक्ष एस सोमनाथले चन्द्रयान–२ मा भन्दा यो यानमा निकै सुधार गरिएकाे बताएका छन् । भारतले पहिलो पटक सन् २००८ मा चन्द्रमा चन्द्रयान–१ पठाएको थियो । चन्द्रयान–२ ले चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरेको थियो । -एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७१०:४१:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend