बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

एमाले नेतृ झाले नेपाललाई ब्रिटिस साम्राज्यको अंग देखाउन खोजेकोमा ‘राष्ट्रिय एकता अभियान’ को आपत्ति

एमाले नेतृ झाले नेपाललाई ब्रिटिस साम्राज्यको अंग देखाउन खोजेकोमा ‘राष्ट्रिय एकता अभियान’ को आपत्ति

  • मिडिया डबली
  • बुधवार, आषाढ २७ २०८०

  • 2.4K
    SHARES

  • एमाले नेतृ झाले नेपाललाई ब्रिटिस साम्राज्यको अंग देखाउन खोजेकोमा ‘राष्ट्रिय एकता अभियान’ को आपत्ति

    काठमाडौं - पूर्वसांसद एवं एमाले नेतृ रेखा झाले नेपाललाई ब्रिटिस साम्राज्यको अंग देखाउन खोजेकोमा ‘राष्ट्रिय एकता अभियान’ ले आपत्ति जनाएको छ ।

    अभियानले झाले आफ्नो आधिकारिक फेसबुक खाताबाट नेपाललाई ब्रिटिस साम्राज्यको हिस्साको रूपमा झुटो चित्रण गर्न साझा गरेको नक्सालाई तुरुन्तै हटाई माफी माग्न चेतावनी दिएको छ ।

    अभियानका केन्द्रीय संयोजक विनय यादवले मंगलबार जारी गरेको विज्ञप्तिमा पूर्वप्रधानमन्त्री केपी ओलीको जन्मस्थान नेपालको नक्साबाट गायब गर्ने झालाई कारबाही गर्न मागसमेत गरिएको छ ।

    ‘नेपाल कुनै पनि साम्राज्यको दासत्व कहिल्यै स्वीकार नगरेको एक मात्र अविच्छिन स्वतन्त्र प्राचीन देश भएकोले आफ्नै समृद्ध र गौरवशाली इतिहास छ । हाम्रा हिन्दु पुर्खाहरूले नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गर्न वीरतापूर्वक पुस्तौंदेखि रगत बगाउँदै आएका छन् । नेपालको स्वाधीनतामा आँच पुर्याउने गलत सूचना प्रचार गर्नु हाम्रा पूर्वजहरुको बलिदानको अपमान हो,’ विज्ञप्तिमा भनिएको छ ।

    सन् १७९२ मा लर्ड कर्नवालिसको पालामा नेपाल ब्रिटिस साम्राज्यको एक हिस्सा रहेको देखाउने एमाले नेतृ झाद्वारा साझा गरिएको नक्सा ऐतिहासिक तथ्यको नियोजित तोडमोड भएको उल्लेख गरिएको छ ।

    ‘त्यस नक्सामार्फत पूर्वप्रधानमन्त्री सम्मानीय केपी शर्मा ओलीकै पुख्र्यौली बसोवास रहेको ‘कोशी क्षेत्र’ नै नेपालको भाग नरहेको प्रस्तुत गरी हाम्रो देशको सिमाना नै बिगार्ने प्रत्यतन्न गरिएको हो हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता भ्रामक राष्ट्रघाती कार्यहरूले हाम्रो इतिहासलाई धोका दिने मात्र होइन, सम्माननीय ओलीज्यूको राष्ट्रिय अखण्डताप्रतिको अटल अडानलाई समेत कमजोर तुल्याउँछ ।’

    अभियानले नेपालको गौरवशाली इतिहासलाई कलंकित गर्ने कार्य कुन शक्तिको इसारामा गरेको हो भन्ने प्रष्ट पार्न आग्रह पनि गरेको छ।

    राष्ट्रिय एकता अभियान नेपालको सम्पदा, इतिहास र सार्वभौमसत्ता जोगाउन प्रतिबद्ध भएको र राष्ट्रको इतिहासलाई विकृत गर्ने कुनै पनि प्रयासलाई पर्दाफास गर्न र चुनौती दिन तयार रहेको जनाइएको छ ।

    rekha_jha.JPG

    rekha_jha_bigyapti.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २३ २०७९०१:४४:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend