रौतहट - राजदेवी नगरपालिकाको एक वडामा नेकपा एमालेले जम्मा ५ भोट मात्र ल्याएको छ ।
राजदेवी नगरपालिका वडा नम्बर ४ मा एमालेले जम्मा ५ भोट मात्र ल्याएको हो । एमालेकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य रेखा झाको वडामा एमालेले जम्मा ५ भोट मात्र ल्याउँदा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको हो ।
निर्वाचन आयोगका अनुसार उक्त वडाको अध्यक्षमा एकीकृत समाजवादीका शम्भु प्रसाद साह निर्वाचित भएका हुन् । साहले ५ सय ३८ मत ल्याएर वडाध्यक्षमा जित हासिल गरेका हुन् ।
त्यस्तै उनका प्रतिद्वन्द्वी लोसपाका वडाध्यक्ष उम्मेदवार भाग नारायण साहले ४ सय २० मत मात्र ल्याउन सकेका हुन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।