बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कतार एयरवेजबाट नेपाल आएकी सगुन पाण्डेले आठ दिनसम्म लगेज नपाएपछि पर्यटनमन्त्री किरातीलाई लेखिन् पत्र

कतार एयरवेजबाट नेपाल आएकी सगुन पाण्डेले आठ दिनसम्म लगेज नपाएपछि पर्यटनमन्त्री किरातीलाई लेखिन् पत्र

  • मिडिया डबली
  • बिहिवार, आषाढ २१ २०८०

  • 41.6K
    SHARES

  • कतार एयरवेजबाट नेपाल आएकी सगुन पाण्डेले आठ दिनसम्म लगेज नपाएपछि पर्यटनमन्त्री किरातीलाई लेखिन् पत्र

    काठमाडौं - गत आइतबार कतार एयरवेजबाट नेपाल आएकी सगुन पाण्डेले आफ्नो लगेज आठ दिनसम्म नपाएको गुनासो गर्दै खोजीका लागि पहल गरिदिन संस्कृति नागरिक उड्डयन तथा पर्यठनमन्त्री सुदन किराती गुहारेकी छन् ।

    यसअघि पनि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेपाल आएको तीन दिन बितिसक्दा पनि आफूले एउटा पनि सामान नपाएको उल्लेख गरेकी थिइन् ।

    तर यति लामो समय भइसक्दा पनि एयरपोर्टमै चोरी भएको हो वा एयरलाइन्समा चोरी भएको हो भन्ने आफूलाई कुनै जानकारी नदिइएको उनको दुखेसो छ ।

    यस विषयमा विमानस्थल र कतार एयरलाइन्सका प्रतिक्रिया निराशाजनक रहेको उनको भनाइ छ । ‘कतार एयरवेज मेरो सामान हराएको आठ दिन बितिसक्दा पनि मैले कुनै ठोस जानकारी प्राप्त गर्न नसकेकोले यस मामिलामा तत्काल ध्यान दिनुहुन सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।

    जुन २७ मा म डलास फोर्ट वर्थ विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लागि कतार एयरवेजको फ्लाइटमा चढेँ। जब म यहाँ नेपाल आइपुगेँ, मैले मेरो चेक इन गरेको सामान कतै भेटिएन।

    मैले तुरुन्तै एयरपोर्ट प्राधिकरण र कतार एयरवेजको ग्राहक सेवा डेस्कलाई घटनाको जानकारी दिएँ र उनीहरूलाई मेरो हराएको सामानको सबै आवश्यक विवरण र विवरणहरू प्रदान गरें,’ सगुनले बिहीबार मन्त्री किरातीलाई लेखेको पत्रमा भनिएको छ ।

    त्यसबेलादेखि आफू कतार एयरवेजका ग्राहक सेवा प्रतिनिधिहरूसँग निरन्तर सम्पर्कमा रहे पनि आफ्नो सामानको स्थानको सम्बन्धमा कुनै ठोस अपडेट वा प्रगति प्रदान गर्न असमर्थ भएको उनले उल्लेख गरेकी छन्। उनले डलास र न्युयोर्कमा रहेका नातेदारहरूले कतार एयरवेजसँग निरन्तर सम्पर्कमा रहे पनि कुनै जानकारी नपाएको गुनासो गरेकी छन्।

    ‘मेरो सामानमा बहुमूल्य व्यक्तिगत सामानहरू, मेरो काम र भावनात्मक मूल्यहरूसँग जोडिएका अत्यावश्यक वस्तुहरू रहेकाले सम्बन्धित अधिकारीहरूको यस प्रतिक्रियाले मलाई ठूलो असुविधा र कष्ट दिएको छ।

    यस मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै, म कतार एयरवेजलाई मेरो हराएको सामानको खोजी र पुनः प्राप्तिलाई प्राथमिकता दिन तपाईंको हस्तक्षेपको लागि विनम्र अनुरोध गर्दछु,’ सगुनले मन्त्री किरातीलाई भनेकी छन् ।

    उनले आगामी आठ दिनभित्र आफ्नो सामान फेला पर्न सकेन भने कतार एयरवेजविरुद्ध उचित कारबाही गर्न पनि मन्त्री किरातीलाई आग्रह गरेकी छन् । उनले एयरपोर्ट र कतार एयरवेजको लापरबाहीले धेरै मानसिक तनाव र निराशा दिएको उल्लेख गरेकी छन् ।

    ‘आवश्यक परे यो मुद्दालाई कानुनी रूपमा अगाडि बढाउन म तयार छु । कतार एयरवेजले मलाई परेको समस्या र असुविधाको लागि जवाफदेही हुने कुरा सुनिश्चित गर्न कानुनी विकल्पहरूको खोजीमा तपाईंको मार्गदर्शन र सहयोगको लागि अनुरोध गर्दछु,’ सगुन पाण्डेले मन्त्रीलाई भनेकी छन् ।

    छुटाउनु भयो कि 

    त्रिभुवन विमानस्थलमा कसले चोर्छ यात्रुका सामान ? सगुन पाण्डेले तीन दिनदेखि पाइनन् आफ्नो लगेज त्रिभुवन विमानस्थलमा कसले चोर्छ यात्रुका सामान ? सगुन पाण्डेले तीन दिनदेखि पाइनन् आफ्नो लगेज

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ १७ २०८००१:३९:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend