आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एक घाइते

पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एक घाइते

  • मिडिया डबली
  • मंगलवार, आषाढ १९ २०८०

  • 3.3K
    SHARES

  • पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एक घाइते
    फाइल तस्वीर

    अर्घाखाँची – अर्घाखाँचीमा मंगलबार बिहान वर्षासँगै आएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ।

    त्यहाँको पाणिनी गाउँपालिका-१ पणेनाको गोवनपानी गाउँमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

    वडाअध्यक्ष कमलप्रसाद पोखरेका अनुसार गोवनपानीका गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको हो। यी तीनै बालबालिका गंगा रास्कोटीका नातिनातिना हुन्।

    घटनामा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी दिए।

    घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन्। पहिलो बिहान करिब पौने ६ बजेतिर गएको हो। घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ८ २०७७०९:२७:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend