बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

फेरि नेकपा ब्यूँताउने प्रयास, भ्यागुताको धार्नी कहिले पुग्ने ?

फेरि नेकपा ब्यूँताउने प्रयास, भ्यागुताको धार्नी कहिले पुग्ने ?

  • मिडिया डबली
  • सोमवार, आषाढ १८ २०८०

  • 1.9K
    SHARES

  • फेरि नेकपा ब्यूँताउने प्रयास, भ्यागुताको धार्नी कहिले पुग्ने ?

    काठमाडौं - कुर्सीको खेलमा साढे दुई वर्षअघि छुट्टिएका केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अहिले फेरि एकताको रटान लगाउन थालेका छन् ।

    नेपाली जनमत विस्तारै गैरवापन्थतिर ढल्केको देखेपछि तीनजनै नेता एकताको प्रयासमा लागेका छन् । त्यसका लागि अहिले उनीहरू नेकपा विभाजन कसरी भयो भन्दै त्यसको समीक्षा गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

    गत आइतबार एमाले अध्यक्ष केपी ओलीले साढे दुई वर्षअघि नेकपा कसको डिजाइनमा फुटाइयो, स्वदेशी वा विदेशी रिमोट कन्ट्रोलबाट हो कि परिचालित हो भन्दै समीक्षा गर्नुपर्ने धारणा अघि सारेका थिए ।

    ओलीले बहसका लागि दिएको सो अभिव्यक्तिमा बोली मिलाउँदै प्रधानमन्त्री प्रचण्डले आइतबार नेकपा विभाजनमा क–कसले त्रुटि गरेका हुन् ? सबैको समीक्षा गर्नुपर्ने बताएका थिए ।

    सोही कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका थिए । यसले गर्दा कुनै पनि बेला कम्युनिस्ट पार्टीबीच एकता नहोला भन्न सकिन्न ।

    प्रचण्डले त अहिले समाजवादी मोर्चा बनाउनुको कारण नै कम्युनिस्ट पार्टीहरूबीच एकता गर्न भएको बताइसकेका छन् । २०७४ को चुनावमा अभूतपूर्व मत पाएको कम्युनिष्ट पार्टी तत्कालीन नेकपा शक्ति संघर्षका कारण विभाजन भयो ।

    नेताहरुले विभाजनको दोष एकले अर्कोलाई दिएर आफूबाट के कमजोरी भयो भन्ने विषयलाई ढाकछोप गरिरहे । तर, फेरि जनमतले संकटमा पार्न थालेपछि उनीहरुले असुरक्षित महसुस गर्दा एकताको विषयलाई भावनात्मक ढंगले पेस गर्न थालेका छन् ।

    ओली प्रचण्ड–माधवसँग पार्टी एकताका निम्ति तत्काल तयार होलान् ? ओलीले उनीहरुलाई विश्वास गर्लान् ? भन्ने प्रश्न पनि सँगसँगै उब्जेको छ । हिजो नेकपा हुँदा ओली कार्यकारी अध्यक्ष थिए ।

    प्रचण्डलाई उनले दोस्रो वरीयताको अध्यक्ष दिएका थिए । तर प्रचण्डसँग आधा आधा कार्यकाल प्रधानमन्त्रीको सहमति गरेका ओलीले प्रधानमन्त्रीको पद छाड्नुपरे कुर्सी नै भाँचिदिने अभिव्यक्ति दिएका थिए ।

    त्यसपछि नै प्रचण्ड र माधव मिलेर ओलीसँग संघर्ष गरेका थिए । नयाँ दलको उदय, सामाजिक सञ्जाललगायत उपचुनावको रुझान, कार्यकारी पद सम्हालेका नेताहरुमाथिको जनआक्रोशलाई नियालेका ओलीले पनि विस्तारै कम्युनिष्ट एकताको बाटो समात्न कोसिस गर्ने देखिन्छ ।

    युद्धको रापतापबाट आएको माओवादी पनि एकपछि अर्को गर्दै क्षयीकरणमै छ । यसकारण प्रचण्डले पनि बलियो बन्न एकतामा विश्वास गर्नुको विकल्प छैन । त्यसमाथि सबैभन्दा संकटमा माधव नेपाल छन् ।

    कार्यकर्ता र मतदाताले विश्वास नगरेकाले उनलाई पार्टी एकता सबैभन्दा धेरै चाहिएको छ । ठूलो कम्युनिष्ट पार्टीको नेतृत्व गरिसकेका उनलाई शक्ति भोग हुनु स्वाभाविक पनि हो ।

    यसकारण पनि माधवले प्रचण्डको पक्षमा सामान्य विरोधका स्वर दिए पनि प्रशंसा गर्न छाडेका छैनन् । असन्तुलित अभिव्यक्तिका कारण विवादित बने पनि उनले कम्युनिष्ट सरकारलाई जोगाउनुपर्ने भन्दै प्रचण्डको अघोषित बचाउ गर्न छाडेका छैनन् ।

    सम्भवतः यही कारण उनीहरूले अहिले एकताको राग अलाप्न थालेको विश्लेषण गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend