भारतको महाराष्ट्रमा मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस दुर्घटनापछि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार ३३ यात्रु बोकेर नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको बस गुडिरहेकै बेला टायर पड्किएपछि खम्बामा ठोकिएको थियो ।
ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो । केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान बचाएको र मृतकको पहिचान भने खुलीसकेको समाचारमा उल्लेख छ ।
घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनलाई पाँच-पाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन्। - एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।