काठमाडौं - प्रतिनिधिसभामा विनियोजन विधेयक २०८० पारित भएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको आयव्यय पारित गरियोस् भन्ने प्रस्तुत गरेको प्रस्तावको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको हो । बुधबार प्रतिनिधिसभामा २५५ सांसद उपस्थित भएका थिए ।
एमालेले ध्वनि मतका आधारमा सांसद संख्या कम हुने भन्दै मत विभाजनको प्रक्रिया माग गरेपछि सभामुख देवराज घिमिरेले त्यसरी नै प्रक्रिया थालेका थिए । जसअनुसार पक्षमा १४७ मत परेपछि बजेट पास भएको छ ।
अब सरकारलाई आगामी साउन १ गतेदेखि नयाँ बजेटअनुसार आयव्यय संकलन गर्न बाटो खुलेको छ । बजेट पास हुन नदिन एमालेले निकै ठूलो खेल खेलेको थियो । अन्तिम समयसम्म पनि उपेन्द्र यादवको जसपाले निर्णय लिन सकेको थिएन ।
यदि जसपाले भोट नदिएको भए बजेट पारित हुँदैनथ्यो । जसकारण सरकार ढल्ने निश्चित थियो । तर प्रधानमन्त्री प्रचण्ड जसपाकै बैठकमा गएर प्रतिबद्धता जनाएपछि जसपाले बजेटको पक्षमा मत हाल्न ह्विप जारी गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।