काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो गर्मीसँगै २४सैं घन्टा स्वास्थ्यकर्मीको परिचालन र सेवा प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
मन्त्रालयले स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी बनाउन सबै तहका अस्पतालहरुलाई निर्देशन दिएको हो । शुक्रबार स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले संघ, प्रदेश र स्थानीय तहका सबै अस्पतालहरुलाई परिपत्र गर्दै स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुको निरीक्षणका क्रममा स्वच्छ पिउने पानी, उपयुक्त सरसफाइ तथा संक्रमण हुनबाट सुरक्षित गर्न तापक्रमको व्यवस्थापनको अभाव पाइएको भन्दै मन्त्रालयले शल्यक्रियापश्चात तथा अन्य ठूला घाउचोट भएका बिरामीका लागि तापक्रमको व्यवस्थापन, स्वच्छ पिउने पानी र अस्पतालको सरसफाइ व्यवस्थित गर्न निर्देशन दिइएको छ ।
मन्त्रालयले गर्मी बढेसँगै तराई क्षेत्रलगायतका देशका मध्यपहाडी जिल्लामा सर्पदंशबाट हुन सक्ने क्षति, आगलागी, झाडापखाला, उच्च ज्वरोजस्ता रोग एवं विपदजन्य अवस्थामा बिरामीलाई तत्कालै उपचार सेवा पुर्याउन सक्ने गरी व्यवस्थापनमा गर्नसमेत भनेको छ ।
केही दिनयता स्वास्थ्यमन्त्री बस्नेतले सरकारी र निजी अस्पतालको आकस्मिक अनुगमन र निरीक्षण गर्दै आएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।