बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चिनियाँ कम्पनीलाई ठेक्का लिएको जमुने-पोखरा सडकमा कछुवा गतिमा कार्य

चिनियाँ कम्पनीलाई ठेक्का लिएको जमुने-पोखरा सडकमा कछुवा गतिमा कार्य

  • मिडिया डबली
  • बिहिवार, जेठ २५ २०८०

  • 5.5K
    SHARES

  • चिनियाँ कम्पनीलाई ठेक्का लिएको जमुने-पोखरा सडकमा कछुवा गतिमा कार्य
    फाइल तस्बिर

    काठमाडौं- चिनियाँ कम्पनीलाई ठेक्कामा दिइएको जमुने-पोखरा सडकमा कछुवा गतिमा काम भइरहेको छ। सडक खण्ड निर्माणका लागि तोकिएको समयको आधाभन्दा बढी समय घर्किसक्दा पनि काम भने निकै सुस्त भइरहेको छ। 

    ठेक्का सम्झौता भएको आधा अवधि बितिसक्दा पनि पृथ्वी राजमार्गको पश्चिम खण्ड विस्तारको काम भने ७ प्रतिशत मात्रै भएको छ। विस्तारको कामले गति नपाएपछि यात्रुहरुले सास्ती भोग्दै आइरहेका छन् भने राजमार्ग र आसपासका बासिन्दा धुलो र हिलोले बस्‍नुपार्ने बाध्यता छ। 

    चिनियाँ कम्पनी आन्हुई काइयुवान हाइवे एन्ड ब्रिज कम्पनी लिमिटेडले तनहुँको जमुनेदेखि कास्कीको पोखरासम्मको सडक खण्ड २०२४ सेप्टेम्बरसम्म विस्तार गरिसक्ने समयसीमासहित सडक विस्तारको २०२१ जुन १६ मा ठेक्का सम्झदता गरेको थियो। 

     ७.४ बिलियन लागतम सडक विस्तारको ठेक्का सम्झौता भएको थियो।आयोजना प्रमुख अमृत श्रेष्ठले निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण परिचालन नगरेकाले सो कामले गति लिन नसकेको बताए।

    समयमै काम सम्पन्न गर्न ठेकेदारलाई पत्राचार गरिसके पनि प्रगति सन्तोषजनक नभएको उनले गुनासो छ। ‘गल्ती सच्याउन निर्माण कम्पनीलाई मौका दिनेछौं, कामले गति नदिए ठेक्का खारेज गर्न सक्छौँ,’ उनले भने।

    सांसद शंकर भण्डारीले शनिबार निर्माण स्थलको निरीक्षण गरेका छन्। उनले गुणस्तर कायम गर्दै छिटो काम गर्न ठेकेदारलाई निर्देशन दिए। ४१ दशमलव ४५ किलोमिटर सडक विस्तार गर्दा दुवैतर्फको सडकको सीमा २५–२५ मिटर र घना बस्ती भएका सहरी क्षेत्रमा ४१ मिटर चौडाइ हुनेछ।

    नयाँ डिजाइनअनुसार तनहुँको दमौलीदेखि डुम्रेसम्मको सडकको चौडाइ ४१ मिटर र दुलेगौडादेखि खैरेनीटार बजार, कोत्रेबजार र कास्कीको गगनगौडादेखि पोखरासम्म ४६ मिटरको हुनेछ। सडकलाई सहरी क्षेत्रमा सर्भिस लेन र अन्य क्षेत्रमा चार लेन गरी ६ लेनमा विस्तार गरिने उल्लेख छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend